• उर्लाबारी, १३ चैत । मोरङको उर्लाबारीमा आगामी चैत १६ मा सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा फेसन ट्रेडस २०१८ हुने भएको छ । मोरङ मिक्लाजुङका मृगौला रोगी सेनेहाङ लिम्बूको उपचार सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो । नेपालका चर्चित फेसन डीजाइनर उत्तम बनेपालीको काठमाण्डौंमा संचालित फेसन इनस्ट्टीच्युट सेन्ट्रल फेसन हबको ब्रान्च उर्लाबारीमा खुल्न लागेको हो । इनस्ट्टीच्युटको औपचारिक उद्घाटन पनि सोही दिन गरिने उर्लाबारी ब्रान्च प्रमुख जीवन चिमरीयाले जानकारी गराएका छन् । ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा नायिकाहरु निता ढुंगाना, रिमा विश्वकर्मा, मिस नेपाल सदिक्षा श्रेष्ठ, मोडलर नायक अमृत ढुंगाना, प्रज्वल सुजल गिरी, नेपाल अर्थ रोसनी खत्री, सम्पदा बानियाँ, नम्रता योगी लगायतका दर्जनौंले उर्लाबारीको सिघिंम होटलमा आयोजना हुने भब्य शोमा र्याम्प नाप्ने छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…