• देबु बानियाँ
    भद्रपुर । झापा जिल्लाकै जेठोे जेसीज शाखा भद्रपुर जेसीजको भवन निर्माणका लागि विभिन्न दाताहरुले आर्थिक सहयोग गर्ने क्रम जारी छ ।
    निर्माणाधिन अवस्थामा रहेको शाखाको भवन निर्माणलाई पुरा गर्ने उदेश्यका साथ आर्थिक सहयोग संकलन सुरु गरेको ५ दिनको अवधीमा २ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको छ ।
    स्थानीय समाजसेवी नितेश बर्माले दिएको १ कठ्ठा जग्गामा वर्ष २०१६ मा भरत प्रसाईको कार्यकालमा भवन शिल्यान्यास गरि निर्माण कार्य सुरु गरिएको थियो । संसदिय विकास कोषको १० लाखको बजेटबाट सुरु गरिएको भवनको शिल्यान्यास पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए । तर, रकम अभावका कारण भवन पूर्ण हुन सकेको छैन ।
    सामुदायिक हलसहित संस्थाको सचिवालय रहने गरी निर्माण गर्न लागिएको उक्त भवनको कुल लागत २२ लाख रहेको छ । सोही बाँकी रहेको निर्माणको कामलाई पुरा गर्न वर्ष २०१८ को टिम लागि परेको सोम ढुङ्गेलले बताए ।
    सहयोग गर्ने दाताहरुमा शाखाका मानार्थ सदस्य दिपक पोखरेलबाट रु ५१ हजार १ सय ११, मानार्थ सदस्य राजेन्द्र घिमिरेबाट २१ हजार, पूर्व अध्यक्ष किरण शर्माबाट ११ हजार १ सय ५१, पूर्व अध्यक्ष रमेश पोखरेलबाट ११ हजार १ सय ५१, अभिषेक ढुङ्गानाबाट ११ हजार १ सय ५१, अर्जुन थापा बाट ११ हजार१ सय ११, पूर्व अध्यक्ष भरत प्रसाईंबाट ११ हजार १ सय ११, मानार्थ सदस्य भारतेन्दु मल्लिकबाट ११ हजार १ सय ११ पूर्व अध्यक्ष उज्जवल श्रेष्ठबाट ११ हजार, पूर्व अध्यक्ष भक्त खवासबाट ११ हजार १ सय ११, पूर्व अध्यक्ष जय तिम्सिनाबाट ११ हजार १ सय ११, मानार्थ सदस्य डाक्टर रामबाबु खड्काबाट १० हजार १, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष मञ्जु पोखरेलबाट ११ हजार, मानार्थ सदस्य टिकाराज ढकालबाट १० हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग भएको अध्यक्ष ढुङ्गेलले बताए । अध्यक्ष ढुङ्गेलका अनुसार पूर्व अध्यक्ष गोबिन्दचन छेत्री ५ हजार ५ सय ५५, मानार्थ सदस्य तोया गड्तौलाबाट ५ हजार ५ सय ५५ र गोपाल गिरी ५ हजार ५ सय ५५ र मानार्थ सदस्य अम्बर कार्कीबाट ५ हजार ५ सय ५५, मानार्थ सदस्य टेकबहादुर खड्काबाट ५ हजार ६ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
    बैशाख भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको समितिले शाखाका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा जेसीजका शुभचिन्तकहरुसँग आर्थिक सहयोग संकलन गर्ने काम भइरहेको छ । उनीहरुले पनि शाखालाई सक्दो सहयोग गरिरहेका छन् भने रकम आउने क्रम पनि जारी रहेको निर्माण समितिका संयोजक रमेश पोखरेलले बताए । साथै जेसीजका अन्य शाखाहरुसँग समेत सहयोगको अपेक्षा राखिएको संयोजक पोखरेलले जनाकारी दिए ।
    यस रकम संकलन कार्यमा पूर्व अध्यक्ष, मानार्थ सदस्य र वर्ष २०१८ को बोर्डको सक्रियता रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…