• बिर्तामोड । सामाजिक कार्यमा सक्रिय संस्था वीरता जेसीजले दृष्टिविहीन विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि टेवा पुर्याउन बाद्यबादन प्रदान गरेको छ ।
    संस्थाले बिर्तामोड–९ गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयका सात दृष्टिविहीन विद्यार्थीलाई संगीतमा अझ अब्बल बनाउने अभियान अन्तर्गत बाद्यबादन सामाग्री प्रदान गरेको हो ।
    विद्यालयको माग अनुसार दृष्टिविहीन विद्यार्थीका लागि अति आवश्यक उक्त बाद्यबादन मंगलबार विद्यालयमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरिएको थियो ।
    वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नं. १ का प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।
    अध्यक्ष गिरी, प्रमुख अतिथि कार्की र कार्यक्रम संयोजक वीरता जेसीजका उपाध्यक्ष सञ्जीव घिमिरेले संयुक्तरुपमा उक्त बाद्यबादन दृष्टिविहीन विद्यार्थी र विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले वीरता जेसीजले यसवर्ष सामाजिक र मानवीय सेवाको क्षेत्रमा उदाहरणीय काम गरिरहेको भनी प्रशंसा गरेका थिए ।
    कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, दुर्गा माविका अध्यक्ष कृष्ण पाण्डे, भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल, उद्यमशील महिला महासंघकी जिल्ला अध्यक्ष पार्वता खरेल विमलीले मन्तव्य राख्दै वीरता जेसीजबाट समाजका अन्य संस्थाले पनि असल कामको पाठ सिक्नुपर्ने बताए ।
    संयोजक घिमिरेले स्वागत गरेको कार्यक्रम महासचिव विनोद पाण्डे कमलले सञ्चालन गरेका थिए ।
    कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले आस्था वाचन गरेको उक्त कार्यक्रममा प्रकरण निर्देशक विशाल थापाले जेसीआई मिसन तथा भिजन र नेपाल जेसीज तथा वीरता जेसीज सन् २०१८ को प्रकरण वाचन गरेका थिए ।
    जेसीजले ड्रमसेट केजन हस्तान्तरण गर्नासाथ कार्यक्रममा केही क्षण सांगीतिक माहौल छाएको थियो । बाद्यबादन पाएपछि हर्षले गद्गद् दृष्टिविहीन शिक्षक चन्द्र भट्टराईले उक्त वाजा बजाएका थिए भने दृष्टिविहीन विद्यार्थी मनिका चौहानले गीत प्रस्तुत गरेकी थिइन् । अन्य दृष्टिविहीन विद्यार्थी र सहभागीले ताली बजाएर साथ दिएका थिए ।
    कार्यक्रममा वीरता जेसीजद्वारा उत्कृष्ट नागरिकको रुपमा सम्मानित खीलप्रसाद शिवाकोटी, बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, बिर्तामोड–९ कि वडाध्यक्ष पवित्रा पाठक, वीरता जेसीजका पूर्व अध्यक्ष सुरेश वंशल, दुर्गा माविका प्रधानाध्यापक कृष्ण पाठक, पिटीए अध्यक्ष भिष्म न्यौपाने, पतञ्जली योग बिर्तामोडका अध्यक्ष देवीप्रसाद घिमिरे, लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, उक्त विद्यालयका सहायक प्रधानाध्यापकहरु लक्ष्मण शिवाकोटी रामप्रसाद अधिकारी, समाजसेवी सन्तोष घिमिरे, हरि पाण्डे, पूर्व मिष्टर नेपाल राम दाहाल, बडी बिल्डिङ तथा फिटनेसका केन्द्रीय सदस्य दिपेन चौधरी लगायतको आतिथ्य रहेको थियो ।
    वीरता जेसीजले यस वर्ष कार्यसमितिका पदाधिकारीहरुको जन्मदिनको अवसर पारेर फजुल खर्चलाई परोपकारी काममा खर्चने संस्कृति अन्तरगत संस्थाका उपाध्यक्ष सञ्जिव घिमिरेको जन्मोत्सवको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…