• जय कामत
    विराटनगर, चैत्र १३
    २० वर्ष पुरानो सार्वजननिक सवारी सधान संचालन गर्न नपाउने सरकारको निति प्रति मोरगको ट्याक्सी व्यावसायीहरुले आपत्ति जनाएका छन् ।
    आज मोरग ट्याक्सी व्यवसायी संघले विराटनगरमा पत्रकार सम्मेलनको अयोजना गरी विकल्प सहितको निति ल्याउन सरकारलाई सुझाब दिएका छन् । सरकारले यही बैशाख १ गतेवाट देशै भरी लागु हुने गरी २० वर्ष पुरानो सार्वजननिक सवारी सधान चलाउन रोक लगाउने तयारी गरिरहेको छ । उक्त तयारीको पुर्वसन्धयामा, पुराना ट्याक्सी चालक विस्थापित नहुने विकल्प सहितको नया निति ल्याउन सघले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
    सम्मेलनमा संघका अक्ष्ययक्ष करिण खड्काले सरकारले निति ल्याउनु अगाडि सरोकारवालसंग कुनै पनि छलफल नगरेको गुनासो गरे । पुराना गाडिलाई पुर्णरुपमा प्रतिबन्ध लगाउदा यतायात संचालक विस्तापीत हुने बताउदै अध्यक्ष खड्काले पुराना गाडि धनीलाई नया गाडि खरिदा गर्दा राज्यतर्फवाट ५० प्रतिशत भन्सारमा छुट दिनुपर्ने बताए ।
    निति ल्याउनु अघि, पटक पटक ९० प्रतिशतसम्म भन्सार छुट दिने बताउदै आएता पनि हाल आएर कुनै पनि छुट नदिई, शक्तिको आडमा सावारी साधानलाई प्रतिबन्ध लगाउन खोज्नु, सरकारको तनासाह प्रविधि भएको ट्याक्सी व्यवसायीले आरोप लगाएका छन् । मोरगमा हाल ३०० भन्दा बढी ट्याक्सी रहेको संघको तथ्याङमा उल्लेख छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …