• पथरी समाचारदाता
    चैत्र १३, मंगलबार
    मोरङको पथरीशनिश्चरे–१ मा पथरीशनिश्चरे क्रिकेट क्लब गठन भएको छ । मंगलबापत्रकार सम्मेलनको आयोजना गरी अन्य खेल सरह क्रिकेटलाई पनि मान्यता दिलाउन सो क्रिकेट क्लब क्रिकेटप्रेमी युवाहरुले गठन गरेका हुन् ।
    क्लबमा अरुण राई अध्यक्ष, रेवत लिम्बु उपाध्यक्ष, राकेश दाहाल सचिव, बोधराज बस्नेत उप–सचिव, एन्जल राई कोषाध्यक्ष र सदस्यहरुमा पावेल राई, राजु राई, मंगल सुनुवार राई, दिपेश श्रेष्ठ, महेश कार्की, प्रशान्त श्रेष्ठ चयन भएका छन् । वि.सं. २०६५ सालदेखि सक्रिय रहँदै आएको सो क्रिकेट क्लबले स्थानीय स्तरका टुर्नामेन्टहरुमा विजयी हासिल गर्दै आइरहेको छ ।
    यस्तैगरी क्लबले भारतको सिक्टीमा भएको खुल्ला क्रिकेट प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको भने झापाको समयगढ खुल्ला पूर्वाञ्चल क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ भने छैटौं र सातौं विरेन्द्रनगर च्यालेन्स कपमा उप–विजेता भएको थियो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अरुण राइले भावी दिनमा क्रिकेटप्रति रुचि राख्ने भाइहरुलाई प्रोत्साहन गर्दै एकेडेमीको योजना ल्याउने बताए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…