• देबु बानियाँ  । मेचीनगर । सामान्यतया स्वीमिङ पुल शहरी क्षेत्रमा मात्र खुलेका हुन्छन भन्ने बुझाइ छ । कतिपय होटलहरुले स्वीमिङ पुल सञ्चालन गरिरहेका छन् भने कसैले स्वीमिङ कम्पेल्सनै सञ्चालन गरेका छन् । तर, विद्यालयले नै स्वीमिङ पुल सञ्चालनमा ल्याएको छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।

    तर, झापाको एक सरकारी विद्यालयले स्वीमिङ पुल नै सञ्चालनमा ल्याएको छ । झापा मेचीनगर ८ मा रहेको आदर्श माध्यमिक विद्यालयले स्वीमिङ पुल सञ्चालनमा ल्याएको हो । व्यवसायका रुपमा नभएर उक्त विद्यालयले विद्यार्थीहरुका लागि स्वीमिङ पुल सञ्चालना ल्याएको हो ।
    नमुना विद्यालयका रुपमा रहेको मेचीनगरको यो विद्यालयले साना कक्षाका विद्यार्थीहरुलाई गर्मीबाट बच्ने नयाँ जुक्ति ल्याएको हो । कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि निर्माण गरिएको उक्त स्वीमिङ पुल मंगलवारबाट सञ्चालना ल्याएको विद्यालयका प्रधानाध्यापक हेमकुमार खड्काले बताए ।
    २ लाख रुपैयाँको लागता निर्माण गरिएको उक्त स्वीमिङ पुलका कारण विद्यार्थीहरुलाई गर्मीको समयमा पौडी खेल्नका लागि सहज हुने सहायक प्रधानाध्यपाक हेमेन्द्र निरौलाले बताए ।
    स्रोत व्यक्ति लोकबहादुर दाहालले नमुना विद्यालयका रुपमा रहेको स्रोत केन्द्रको यो विद्यालयले थप नयाँ काम गरेर विद्यार्थीहरुमा उत्साह थपेकोमा धन्यवाद व्यक्त गरे । उनले हरेक क्षेत्रमा अब्बल रहेको यस केन्द्रले नयाँ कामको थालनी गरेको बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…