• सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा उत्पन्न जनप्रतिनिधि कुटाकुट प्रकरणमा पीडित वडा सदस्य कृष्ण योञ्जनले इलाका प्रहरी कार्यालय दुहबीमा उपप्रमुख सुनिता दाहाल साह र उनका श्रीमान अनिल साहका नाममा कुटपिट मुद्दाको निवेदन दिएका छन् ।
    नगरपालिका कार्यालयले दुवै पक्ष भेला गराई माफीसहित मिलापत्र गरेको बताइए पनि पीडित वडा सदस्य कृष्ण योञ्जनले भने इलाका प्रहरी कार्यालय दुहबीमा उपप्रमुखसहित उनका श्रीमान अनिल साहका नाममा कुटपिट मुद्दाको निवेदन दिएको बताए । वडा सदस्य तथा घटनाका पीडित योञ्जनले पीडकका नाममा किटानी जाहेरी दिए पनि प्रहरीले मुद्दा दर्ता नगरेको उनले बताए । उपप्रमुखलाई अर्को कारवाही उपप्रमुखले वडा सदस्यलाई कुटपिट गरेको घटनालगत्तै बसेको नगरकार्यपालिकाको बैठकले उपप्रमुख साहलाई योजना अनुगमन समितिबाट हटाएको थियो ।
    त्यसको दुई दिनपछि घटना साम्य भएर अर्को निर्णय नहुन्जेलका लागि उपप्रमुख साहलाई तत्कालका लागि न्यायिक समितिको संयोजकको पदबाट निष्कृय गराइएको छ। नगर कार्यपालिकाको बैठकले तत्कालका लागि कामकाजमा नरहने गरी न्यायिक समिति संयोजकबाट साहलाई हटाइएको जनाएको हो ।घटनाका विषयमा उपप्रमुख साहले यसअघि नै वडाध्यक्षसहित सदस्यलगायतको टोलीले जबर्जस्ती फाइल फछ्र्यौटको विषय लाद्न खोजेपछि सामान्य विवाद भएको बताएकी थिइन् ।
    भीडले आफ्ना श्रीमानमाथि अभद्र व्यवहार गर्न थालेपछि छुटाउन जाने क्रममा अंजानवश सामान्य धक्काधक्की भएको उपप्रमुख साहले बताउँदै आएकी छन्। नगरपालिकाद्वारा ढाकछोप प्रयास नगरपालिकामा उपप्रमुखले वडा सदस्यमाथि हातपात गरेको विषय ढाकछोपको प्रयास थालिएको छ। भुक्तानी फछ्र्यौटको विषयमा उत्पन्न विवादपश्चात् कार्यालय हातामै नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्य कृष्ण योञ्जनमाथि हातपात गर्नुभएको थियो। हातपातको विषय सार्वजनिक भएसँगै दुवै पक्षले आआफ्नो पक्षमा लविङ थालेका छन् ।
    नगर कार्यपालिकाको कार्यालयले घटनालाई सामान्य भन्दै सहमतिमा आइसकेको विषयलाई अतिरञ्जित गरी प्रचारबाजी गरिएको ठहर गरेको छ । दुहवी नगरपालिका कार्यालयले उपप्रमुखको व्यवहारलाई दुखद बताए पनि भूलवस गल्ती भएको भन्दै अब यस्ता घटना दोहोरिन नदिने गरी सहमतिका साथ अघि बढ्ने जनाएको छ । नगरपालिकाका प्रवक्ता विजयकुमार चौधरीले घटना दुखद भएको भन्दै आपसी सहमति कायम गरी कोही कसैबाट समेत त्यस्ता खाले गल्ती नदोहोरिने गरी अघि बढ्ने सहमति कायम भएको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…