• अबुधाबी/  यात्रु बोकेर उडिरहेको युएईको विमान र कतारको युद्धक विमान फेरि आमने-सामने भएका छन्। युएई र कतारी हवाई सिमा क्षेत्र हुँदै आफ्नो नियमित बाटोमा उडिरहेका युएई ध्वजा बाहक दुईवटा यात्रु बिमानलाई प्रभावित पार्नेगरी कतारले युद्ध विमान उडाएको हो।

    मंगलबार कतारी युद्धक विमान आफ्ना यात्रुबाहक बिमानलाई ठक्कर देला झैं डरलाग्दो गरि अति नजिकबाट उडेको नागरिक उड्डयन बिभाग युएईका अध्यक्ष बिन साईद अल मन्सुरीले बताएका छन्।

    आतंकवादीलाई संरक्षण र प्रोत्साहन गरेको आरोप लगाउँदै गतबर्षको जुन महिनादेखी युएई लगायत साउदी अरब, बहराईन, यमन, लिबिया, ईजिप्ट र माल्दिभ्सले कतारसैगको संबन्ध गरेका थिए। त्यसपछी ती मुलुकहरुले कतारमाथी कडा नाकाबन्दी गर्दै आएका छन्।

    कतारले भने मंगलबारको घटना अस्वीकार गरेको छ। यस अघि पनि कतारले बहराईनको हवाई सिमा नजिक दुई पटक युएईको यात्रु विमानलाई लक्षित गर्दै युद्धक विमान उडएको थियो। त्यतिबेला, आफ्नो आकाशमा अपरिचित जहाज प्रवेश गर्न खोजेकाले त्यसलाई तर्काउन आफ्ना उद्धक बिमानले पछ्यएको जनाएको थियो।

    ती दुईवटै कतारी हर्कत बिरुद्ध अन्तराष्ट्रीय सिभिल एभिएसन अर्गनाईजेशनमा उजुरी गरिसकिएको अल मन्सुरिले जानकारी दिएका छन्। मंगलबारको घटना बिरुद्ध पनि अर्को उजुरी गरिने भन्दै अर्थमन्त्री समेत रहेका अल मन्सुरीले आफ्नो हवाई रुट भने हालै परिवर्तन नगरिएको प्रष्ट्याएका छन्।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…