• झापा ।

    मेचीनगर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् । रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने गरेका थिए ।

    उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन् । त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए ।

    बुधवार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए । निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो । यो घटनाले मेचीनगर २ को पार्टी पङक्तिमा समेत ठूलो धक्का पुगेको छ । नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

    उनी दैनिकी जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए । स्थानीयले प्रहरीलई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए ।

    प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो । उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन् । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…