काठमाडौँ — वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाहरुले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग हस्तान्तरण गरेका छन् ।
काठमाडौंमा बुधबार एक कार्यक्रम गरी पत्रकार तेजन खड्काले पीडित उर्लाबारी ९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८ सय ८८ नगद प्रदान गरेका हुन् । पत्रकार खड्काअनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा ८० हजार ८ सय ८८ संकलन भएको थियो ।गीताले आफुले सहयोग गर्न आग्रह गर्दा विरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिएकी छिन् ।
पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।