• रातोकलम/  इस्लाम धर्मालमबीहरुको पवित्र महिना रमादान जेठ ३ गतेबाट शुरुहुने भएको छ।

    खगोलीय गणितका आधारमा तय गरिने यो पर्व इस्लामिक पात्रोको नवौं महिनामा पर्छ। यो बर्ष रमदानको पहिलो दिन जेठ ३ अर्थात मे १७ तारिखका दिन पर्ने देखिएको हो।

    कुन दिनबाट रमादान शुरूहुने भन्ने अन्तिम निर्णय साउदिअरब स्थित समितिले चन्द्रमाको अवस्थिती समय हेरेर गर्ने भएपनी खगोलविदहरुले यो बर्ष रमादानको पहिलो दिन मे १७ अर्थात नेपाली पात्रो अनुसार जेठ ३ गते पर्नसक्ने बताएका छन्।

    ईस्लाम धर्मालम्बीहरु रमादानको एक महिनाभर दैनिक १५ घण्टासम्म पानी समेत नपिई कठोर व्रत बस्ने गर्दछन्।

    हिजरी पात्रो अनुसार संसारका केही मुलुकहरुमा भने रमादान मे १५ अर्थात जेठ १ गते नै पर्नसक्ने अपेक्षा गरिएको छ। ईस्लाम धर्ममा हिजरी भन्नाले प्रोफेट महमद र उनका अनुयायीहरु मक्काबाट मदिना बसाईं सरेको दिनलाई बुझाउँछ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…