• काँकरभिट्टा । कार्यालय समयमा रक्सी खाएर तथानाम बोल्ने झापा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अब उप्रान्त यसो नगर्न सझाउँदै छोडिदिएको छ ।
    बुधवार दिउँसो कार्यालय समयमा रक्सि खाएर लठ्ठ भएका न्यौपानेले मदिराको सुरमा तथानाम बोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय काँकरभिट्टाले न्यौपानेलाई कार्यालय कक्षबाटै पक्राउ गरेको थियो । उनको कार्यालय कक्षमा समेत पुरै रक्सिको गन्ध आएको थियो । पक्राउ पछि उनलाई आम्दा अस्पताल धुलावारीमा मापासे जाँच गरी अब आइन्दा यस्तो गल्ति नगर्न सुझाव दिँदै बुधवार साँझ छाडिएको थियो ।

    मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङको रोहबर तथा नेकपा एमालेका जिल्ला सदस्य तथा मेचीनगर इन्र्चाज देवकुमार राई, एमाले नेता राम ओली डीएसपी टङ्कप्रसाद भट्टराईलगायतको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको थियो ।
    गत असार १४ गते नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष न्यौपाने यस अघि पनि निरन्तर रक्सी खाने गरेका थिए ।

    पार्टीले उनलाई यस अघि बारम्बार मापासे नगर्न सुझाव दिँदै आएका थिए । यसैगरी स्थानीय मानिसले पनि मेचीनगर नगरपालिकालाई उनको गतिविधिका बारेमा जानकारी स्वरुप निवेदन दिएका थिए ।

    साविकको बाहुनडाँगी गाविसका पूर्व उपाध्यक्ष समेत रहेका न्यौपानेलाई यस अघि सुधार केन्द्रमा समेत लगिएको थियो । तर, उनी सुधार केन्द्रले पनि सुधार गर्न सकेको थिएन ।
    यता मेचीनगर नगरपालिकाले भने अब बस्ने नगर बैठकमा यस विषयमा छलफलको विषय बनाएर लैजाने बताएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…