• देबु बानियाँ झापा । झापाको मेचीनगर ८ स्थित इटाभटटामा बजारमा सुविधा सम्पन्न सिटी सिनेमा हलको बिहिवार औपचारिक रुपमा उद्घाटन भएको छ । हलको कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    करिव ४ करोडको लागतमा २ सय २० सिट क्षमताको हल पूर्ण थ्रीडी रुपमा तथा डल्बी डिजिटल साउन्ड सिस्टमको रहेको छ । सञ्चार उद्यमीं प्रज्जवल घिमिरेले सञ्चलाना ल्याएको उक्त हलमा १६ गतेबाट औपचारिक रुपमा फिल्म हेर्न पाइने छ । उद्घाटन समारोहमा भने अतिथिहरुका लागि शत्रु गते सो गरिएको थियो ।

    उद्घाटनका अवसरमा विशेष अतिथि नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, चलचित्र निर्माता सुदिप खड्का, नायक प्रदीप खड्का, नवोदित नायिका जसिता गुरुङ्ग, टेलिभिजनकर्मी सोनिका रोकाया लगायतले बोलेका थिए ।

    उनीहरुले नेपाली चलचित्रलाई पहिलो प्राथमिकता दिन हल सञ्चालक र दर्शकहरुलाई आग्रह गर्दै नेपाली चलचित्र सिमित स्रोत र साधनबाट निर्माण हुँदै आए पनि स्तरीय भएको विचार राखे ।

    उनीहरुले नेपाली चलचित्रलाई हलिउड र बलिउडसँग तुलना नगर्न अनुरोध गर्दै वक्ताहरुले नेपाली मन र पनले हेरिदिन आग्रह समेत गरे । हलकी संरक्षक राधिका घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको स्वागत चलचित्रकर्मी प्रकाश सुवेदी र चर्चित कार्यक्रम प्रस्तोता राजेश घतानीले सञ्चालन गरेका थिए । कार्यक्रममा मेचीनगरका विभिन्न सााजिक तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

 अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापान…

 फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिक…

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार&rsqu…