• काठमाडौँ, १६ चैत । पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ ।

    उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

    काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा रोकिए पनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

    पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

    आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ । रासस

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…