• असार १४ गते भएको स्थानीय निर्वाचनमा झापा मेचीनगर २ मा नेकपा एमालेबाट तिलक न्यौपाने निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका हिम्मत क्षेत्रीलाई २ सय भन्दा माथिको मत अन्तरले हराएका थिए । न्यौपाने तत्कालिन बाहनडाँगीको पूर्व गाविस उपाध्यक्ष हुन् । हिम्मत क्षेत्री झापा बाहुनडाँगी क्षेत्रका शैक्षिक अभियान्ता हुन् । उनी जिल्लाकै प्रतिष्ठित शिक्षासेवीको रुपमा चिनिन्छन् । २०४० सालतिर घरमा ट्यूसन पढाएर सुरु भएको उनको शैक्षिक करियार २५ वर्षको अवधीमा झापाकै उत्कृष्ट संस्थागत विद्यालय सञ्चालन गरेर बसेका छन् । बाहुनडाँगी क्षेत्रमा शिक्षित व्यक्तिहरुको लिष्ट तयार गर्दै गर्दा उनको पनि नाम आउँछ । उनले शिक्षा क्षेत्रा राम्रै लगानी पनि गरेका छन् । बाहुनडाँगीमा युनाइटेड बोडिङ स्कुल, शान्ति बाल शिक्षा निकेतन र धुलावारीमा द हिमालयन मल्टिपल कलेज सञ्चलन गरेका छन् ।
    शिक्षा क्षेत्रमा लामो योगदान पछि समाज सेवामा लाग्ने उदेश्यले उनले राजनीति रोजे ।
    उनीसँगै प्रतिस्पर्धीका रुपमा माओवादीबाट उत्तम सिठुङ पनि मैदाना थिए । सिठुङ यस क्षेत्रका उर्जाशील युवा व्यवसायीका रुपमा परिचित र लोकप्रिय छन् ।

    उत्तम र हिम्मतको केही चलेन तिलकका अघि

    तत्कालिन बाहुनडाँगी गाउँ विकास समितिमा एमाले राजनीतिमा लामो समय सक्रिय तिलक न्यौपाने बाहुनडाँगी गा.वि.स.का निर्वाचित पूर्व उपाध्यक्ष समेत हुन् । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा बाहुनडाँगीमा निर्वाचन माहोल तात्यो । एमालेकोतर्फबाट उक्त क्षेत्रको उम्मेदवारबारे चर्को बहश सुरु भयो । उम्मेद्वारका लागि एमाले नेता युवराज कट्टेल र युवा संघका नेता दिपक बरालको नाम पनि निकै चर्चाा थियो । जसले दिपक बराललाई रुचाउँदैनथ्यो उसले युवराज कटट्ललाई अघि सारेका थिए । तर, पार्टीभित्रको आन्तरिक किचलो, अनि गुटगत प्रवृति । जसले तिलकलाई बोकेर आफ्नो राजनीति गर्न रुचाउँथे । चाहे त्यो जिल्लास्तरमा होस् या केन्द्रीय स्तरमा । युवराज कट्टेलको उम्मेद्वारी हुन्छ भन्ने हल्ला हुँदा हुँदै अन्तत पार्टीका केही नेताहरुको बलमिच्याइले न्यौपानेलाई उम्मेद्वारी खडा गरियो ।
    अनेकौँ विकल्प र एमाले शुभेच्छुकका आलोचनाका बाबजुत न्यौपानेलाई नै पार्टीले टिकट दियो । शिक्षा सेवा र व्यवशायमा लामो अनुभव भएका हिम्मत र युवा पुस्तामा रुचाएका उत्तमको राजनीतिक यात्रालाई निर्वाचनमा पराजित गरेर ब्रेक लगाउँदै तिलकले नै वडाको जिम्मा लिए ।

    वडाअध्यक्ष र मदिरा

    बाहुनडाँगीमा तातेको निर्वाचन माहोलमा तिलकको मदिरा आचरणका कारण उनलाई टिकट दिन नहुने कुरा एमालेजनबाट नआएको भने होइन । तर पार्टीलाई लामो समय योगदान गरेको र गठबन्धनका कारण जित्ने निश्चित भएपछि योगदानको कदर गर्दै मदिरा लत छाड्ने सर्तमा न्यौपानेले नै टिकट पाए । एमाले गढ मानिएको उक्त वडामा निर्वाचनको समयमा एमाले पार्टीेबाट लौरो उठाउँदा पनि जित्ने अवस्था थियो ।
    त्यसमा गाउँ उपाध्यक्ष भइसकेका न्यौपानेले नजित्ने कुरै भएन् । उनै वडा अध्यक्ष तिलक न्यौपाने अहिले चर्चाको केन्द्रमा छन् । कार्यालय समयमा रक्सी खाएर बदमासी गर्न थाले पछि बुधबार उनलाई प्रहरीले पक्राउ गरेको छ । उनको यो समचारले मेचीनगर नगरपालिकाको नाम देशभरी छाएको छ ।

    नखाउँ भने दिनभरीको सिकार नखाउँ ..............
    मेचीनगर २ का मतदातालाई यतिबेला आफुले निर्वाचित गरेको वडा अध्यक्षको गतिविधिले लज्जास्पद बनाएको छ । पार्टीको हीप जारी भएपछि अन्धभक्त भएर मतदान गरेका आम मतदातालाई अहिले आएर गलत व्यक्ति पठाएकोमा पछुतो भएको छ । उनीहरु भन्दैछन् नखाउँ भने दिनभरीको सिकार खाउँ भने आफ्नै बाउको अनुहार । आफुले मत दिएर जिताएको वडा अध्यक्ष नै दैनिक रक्सी खाएर लठ्ठ भएपछि उनीहरुलाई यतिबेला उनै अध्यक्ष घाँडो भएका छन् । अब नत हटाउन सकिन्छ न त राखिरहन नै सकिन्छ । यदि उनी अब पनि न्यौपाने रक्सीको लतबाट सुध्रिन सकेनन भने उनको यस क्षेत्रको अस्तित्व नै हराउने स्थानीय बताउँछन् ।

    प्राचार्य क्षेत्रीको हार र तिलकको जित

    निर्वाचन भएको ९ वर्ष बित्यो । जनताको बहुल मतको आधारमा निर्वाचित देशैभरका सयौँ जनप्रतिनिधिहरुको प्रशंसा योग्य नमूना काम खासै सुन्न पाइएको छैन । तर उनीहरुका बदमासी हर्कत सुनिसाध्य छैनन् । यही मेसोमा तिलक न्यौपाने पनि जोडिन पुगेका छन् । आफ्नै मतबाट निर्वाचित भएका प्रतिनिधिलाई जँड्याहा भन्दै कार्यलयबाट प्रहरीले उठाएर लैजाँदा मेचीनगर २ का जनतालाई पक्कै मजा लागेन् । तर यो घटना क्रममा उनीहरु चोखा छन् भनेर तिलक एउटा पात्रलाई मात्रै कमजोरी थोर्पनु न्यायसंगत हुँदैन ।

    आफ्नो गाउँको विकासका लागि पात्र छान्ने की दलका व्यक्ति ? मताधिकार जनताको हातमा थियो । भलै उनीहरुले आफ्नो समाज विकासका लागि भन्दा पनि मत दलका लागि खसाएका थिए । आफ्नो दलले दिएको पात्र फेरि सुध्रिने सर्तका जँड्याहा थिए । यद्यपि अन्धभक्त बनेर प्रयोग गरेको मताधिकारले तिलक न्यौपानेलाई सुधार्न सकेन् ।

    यस लेखमा तिलक र हिम्मतको तुलना कुनै दलसंग आबद्ध भएर गरिएको होइन । यहाँ त निर्वाचनको ज्वरो लाग्दा जनताले कसरी विवेक गुमाउँछन् भन्न खोजिएको हो । यदि विवेक सम्मत मतदान भएको भए प्राचार्य वा युवा व्यवसायी सिठुङ हार्नुपर्ने कारण थिएन वा एमालेले अर्कै उममेद्वार उठाएर जिताउन सक्थ्यो ।
    लोकतन्त्रमा जनता सार्वभौम छन, जनताले मतधिकार अस्वीकार वा बहिस्कार गर्न सक्छन् ।
    यहाँ एमालेका निर्वाचित प्रतिनिधिको उदाहरण दिइएको छ, कांग्रेसमा पनि यस्ता प्रतिनिधि हुनसक्छन, अन्य दलमा पनि होलान, बिस्तारै खुल्दै जाला । राम्रा र योग्यलाई पराजित गरी देशैभरि एमाले, कांग्रेस, माओवादी लगायत कुनै न कुनै दलका ‘जँड्याहा’ (जनताको हित बिपरितको काममा संलग्नलाई प्रतिकात्मक रूपमा भन्न खोजिएको) निर्वाचित भएका छन् । जो दलका झण्डा मुनि अन्धभक्त भएर भोट खसाउँदा सम्भव भएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…