• झापा । मेचीनगर–५ निवासी ३५ वर्षीय डिल्लीराम पराजुली यसै सगरमाथा चढ्ने भएका छन् ।
    शुक्रवार धुलावारीको रोयल निर्वाण होटलमा पत्रकार सम्मेलनको आयोजना गरी पराजुलीले यही चैत्र २३ गते आरोहणका लागि सगरमाथातर्फ जाने जानकारी दिएका छन् ।
    केही वर्ष अस्ट्रेलियामा रोजगारी गरेर हालै स्वदेश फर्किएका उनले नेपालको राष्ट्रिय झण्डा, आफु पढेको मेचीनगरको बाल कल्याण माविको झण्डा र एनआरएन अस्ट्रेलियाको झण्डा सगरमाथामा फहराउने लक्ष्य लिएका छन् ।
    आरोहणमा कूल २६ लाख खर्च लाग्ने अनुमान गरिएकोमा उनले अस्ट्रेलिया बसेर आफैले कमाएको २० लाख खर्च गर्ने जनाएका छन् । बाँकी रकम स्पोन्सर र सहयोगीबाट उठेको उनले बताए ।
    सशस्त्र प्रहरीमा केही वर्ष हवल्दारको जागिर खाएका उनी प्रहरी सेवाबाट राजीनामा दिएर रोजगारीका लागि अस्ट्रेलिया गएका थिए ।
    ५२ दिनमा आरोहण पूरा हुने बताएका उनले यस अघि प्रहरी छँदा ५ हजार २ सय मिटरको कालापत्थर र ५ हजार मिटर उचाइको मेरा पिक आरोहण गरिसकेका छन् ।
    तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तन सम्बन्धमा विश्वको ध्यान खिँच्न कालापत्थरमा मन्त्रीमण्डलको बैठक गरेका बेला पराजुली सशस्त्र प्रहरीको रुपमा बैठकस्थलमै थिए ।
    सानैदेखि साहसिक र सामाजिक काममा रुचि भएको बताउने उनले प्रहरी छँदा सगरमाथा आरोहणका लागि विभागीय स्वीकृति माग्दा पाउन सकेका थिएनन् । त्यही धोको पूरा गर्न अब आफ्नै खर्चमा सगरमाथा चढ्न लागेको उनको भनाई छ ।
    एनआरएन अस्ट्रेलिया, झापाली समाज अस्ट्रेलिया, नावा, गोर्खा नेप्लीज रेस्टुरेन्ट, डा. मणि पनेरु, काशीराज पाण्डे, शैलेश मैनाली, एक्सपर्ट एजुकेसन लगायतबाट उनले सहयोग र हौसला पाएको बताएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…