• देबु बानियाँ

    चितवन । नेपाल जेसीजको २१ औँ काउन्सिलर एकाडेमी शुक्रवारबाट चितवनको सौराहमा सुरु भएको छ ।
    सेमीनारको उद्घाटन पूर्व राष्ट्रिय अध्यक्ष हरिकृष्ण बाँस्तोलाले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गमलामा रहेको फुलमा पानी हालेर उद्घाटन गरेका थिए । ३ दिनसम्म चल्ने एकाडेमीमा प्रमुख प्रशिक्षक प्रदीपमान बैद्यले प्रशिक्षण दिनेछन् ।

    देशभरका १ सय ४२ शाखा अध्यक्षहरुको सहभागि रहेको एकाडेमीमा संसदीय बैठक सञ्चालन पद्धती, समृधिका लागि सोच परिवर्तन, सकारात्मक व्यवाहार, , जेसीआइ नेपाल फाउण्डेशन, जेसीआई र पिनिङलगायतका विषयमा प्रशिक्षण गराइने छ । यसैगरी गत जनवरीबाट सुरु भएको जेसीजको ३ महिने कार्यकालको समिक्षा समेत गरिने राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले जानकारी दिए । कार्यक्रममा निवर्तमान राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले एकाडेमीको सफलताको शुभकामना दिएका थिए । एकाडेमीमा जेसीआइका प्रशिक्षक तीर्थ कोइराला, राजाबाबुु शाह, मिलन गुरुङलगायतले सहजीकरण गर्ने अध्यक्ष वीरता जेसीजका अध्यक्ष एकराज गिरी बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…