• बिर्तामोड । यस वर्षको एसएल शर्मा सृजनशील पत्रकारिता पुरस्कार यज्ञराज आङ्दाम्वे (विष्णु सुब्बा)लाई प्रदान गरिएको छ ।
    यसैगरी, पार्वतादेवी पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मुक्ति पौडेलकी श्रीमती मेनुका भण्डारी पौडेललाई प्रदान गरिएको छ ।
    नेपाल पत्रकार महासङ्घको ६३ औँ स्थापना दिवसको अवसर पारेर ती दुबै पुरस्कार शुक्रवार वितरण गरिएको हो ।
    प्रेस स्वतन्त्रता सेनानी एसएल शर्माको स्मृतिमा सृजनशील पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । पुरस्कारको नगद राशी २१ हजार रुपैयाँ रहेको छ । पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने एक जना सृजनशील झापाली पत्रकारलाई सो पुरस्कार वर्षेनी प्रदान गरिदै आएको छ ।
    पार्वतीदेवी पत्रकारिता प्रोत्साहन पुरस्कारको नगदराशी १५ हजार रुपैयाँ रहेको छ ।
    पत्रकारिता कर्म गर्न प्रोत्साहन गर्ने पत्रकारकी पत्नीलाई सो पुरस्कार प्रादन गरिदै आएको छ ।
    दुबै पुरस्कार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले विर्तामोडको होटल डेनियलमा आयोजित विशेष कार्यक्रममा प्रदान गरेका छन् ।
    पुरस्कृत पत्रकार विष्णु सुब्बाको परिचय नेपाल प्रेस युनियन झापाका सचिव गिरिराजमणि भट्टराईले र सम्मानित मेनुका भण्डारी पौडेलको परिचय पत्रकार महासङ्घ झापाकी उपाध्यक्ष भीमा शिवाकोटीले प्रस्तुत गरेक थिए ।
    महासङ्घका झापा शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री हिक्मत कार्की, नेपाल पत्रकार महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी, पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, पुरस्कारका संरक्षक राजेन्द्र शलभ, पुरस्कृत पत्रकार आङ्देम्वे, नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले बोलेका थिए ।
    कार्यक्रमको सञ्चालन महासङ्घ झापाका सचिव सन्तोष आचार्यले गरेका थिए । कार्यक्रममा पत्रकार महासङ्घका निवर्तमान पूर्वाञ्चल संयोजक सदस्य गणेश पोखरेल, पूर्व केन्द्रीय सदस्य मोहन काजी, जिल्ला अध्यक्षहरु गोविन्दचन्द क्षेत्री, कृष्ण हुमागाइँ लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…