• धुलिखेल। चोरी गरी फरार रहेका दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

    इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन्। चोरीमा प्रयोग गरिएको हुन्डाई कम्पनीको बा७च ४२ नंम्बरको आईटेन कार पनि बरामद भएको छ।

    उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए। दुवैजनालाई आज सार्वजनिक गरिएको हो। प्रहरीले उनीहरुका साथबाट एक लाख ६ हजार, दुई हजार भारतीय रुपैयाँ, मोबाइल तीन थान, सुनको सिक्री एक थान, औँठी एक थान तथा चोरी गर्न प्रयोग गरिएको एउटा गाडी जफत गरिएको शाहले बताए।

    मुण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलमा गत शनिबार चोरी गरी फरार भएपछि तामाङको जाहेरीका आधारमा उनीहरुलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।

     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…