• - देवी काफ्ले

    महामहिम राष्ट्रपति महोदय, आज फेरी हजुरसंग आशाको भिख माग्नुपर्ने बाध्यात्मक अबस्था आयो। सरकार हजुर, राष्ट्रपतिको दोस्रो कार्यकाल को पनि बिजेता पनि बन्नुभयो।हार्दिक बधाई स्वीकार्नु होला है ? हाम्रो जस्तो महिलालाई दोस्रो दर्जाको बस्तु ठान्ने मुलुकमा दुईदुई पटक राष्ट्रपति जस्तो उच्च र सम्मानित पद र प्रतिष्ठाको जिम्मेवारी बहन गर्न पाउनु मामुली कुरा होइन ,हामी अत्यन्तै हर्षविभोर र ख़ुशीले गदगद भएका छौं। महामहिम राष्ट्रपति महोदय, हिजो राजतन्त्र बिरूद्ध चर्का नाराले देश गुन्जायमान हुंदा,महिला जागरण, सशक्तिकरण,हिंसा बिरोधी नारा घन्काउदा अब हामीले पनि निस्फिक्री सुरक्षित हुन पाउने दिन हामिमाझ आउन लाग्यो भनेर देशैभरका तमाम नारिहरु मक्ख थियौं।

    महामहिम देशमा तन्त्र बदलियों,समय बदलियों,ब्यावस्था बदलियो,संविधान बदलियो तर बिडम्बना हामी माथीको शासन, अत्याचार,दमन अनि हजुरको शाहीतन्त्र भने बदलिएन। संघिय संसद भवनमा हिजो हजुरको सवारी चल्दा काठमाण्डौको हावा रोकियो ठीक त्यसैबेला देशका बिभिन्न ठाऊंमा अबोध बालबालिका ,किशोरीहरूको सास रोक्किरहेका थिए अपराधीहरू। हजुरको सवारीमा अवरोध नहोस् भनेर बिमारी नागरीकहरू गाडीभित्र छट्पटाईरहेका थिए। के लोकतन्त्र पदीय ब्यक्तिहरूका लागी मात्रै हो? हुजुरलाई राष्ट्रपति बनाउन यी जनताको भूमिका शुन्य हो??? कि हजुरको नजर त्यहा पर्न चाहादैन? कि हजुरका कानले यी रोदन सुन्न मान्दैन महामहिम राष्ट्रपति महोदय? मैले अघिल्लो पटक पनि बालिका बलात्कार विषयक सन्दर्भमा केही शब्दहरू लेखेको थिएं, जो कतिपय सुकिला महोदयलाई अपाच्य भयो।तर आज मलाई यो लेख लेखिरहंदा शर्मानुभूती भैरहेको छ। हजुरबाट हामीले अरू केही खोजेका छैनौं मात्रै एउटा कुराको अपेक्षा भने राखेका छौं त्यो के हो भने तपाईं पदले मात्रै नेपाल की छोरी हैन ब्यबहारले राष्ट्रको गौरव बनिदिनुस्। सच्चा राष्ट्रसेवक बन्नुस ,तपाईं बाटोमा एक्लै हिंडे पनि जनताले सलाम ठोक्ने छन ।हैन भने हजुर र बडामहाराजधिराजको शासनमा फरक नै के भो त??

    नचाहदा नचाहदै पनि नारी आवाज बुलन्द गर्न मन लाग्यो राष्ट्रपति ज्यु! माफ गर्नुहोस है? के यही शासन शैलीका लागी जनताका ती महान सन्ततीहरुले राजतन्त्र फालेर गणतन्त्र ल्याउनका लागि बलिभेदिमा चढेका थिए त? देशभरी अबोध बालबालिका बलात्कृत भएका दर्दनाक समाचारहरु आइरहदा उनीहरूको संरक्षणका सुरक्षाका बिषयमा तपांईसंग एउटा शब्द पनि छैन भने हामीलाई बरु जंगबहादुरको शासन मंजुर छ। हजारौं जनताका छोराछोरीको रगतमा होली खेलेर ल्याएको लोकतन्त्रको बिल्लबाठ गराउनु भन्दा सच्चा देशभक्त बन्नुस त्यसले तपाइकै उचाइ बढाइदिनेछ महामहिम राष्ट्रपति महोदय !! हजारौं बलात्कृत बालबालिकाको बालापन संरक्षण गर्ने निकाय तय गर्नुस।

    बलात्कारी लाई इन्काउन्टर गर्ने बिधेयक पास गराउनुस। यदी सक्नुहुन्न भने तपाईंको पद धरापमा त पर्छ नै । अझ बहुदल पश्चात् भएका सबै परिबर्तन र त्यस बाट निर्मित सरकार हुँदै अहिले देशको उच्च तहसम्म ओगट्न सफल तथा महिलाको ३३% सबै ठाउमा जब हुन थाल्यो तब देखि महिला बलत्कृत बढी भएको पाइन्छ।भलै अन्य हिंसाका घटना न्यून भए होलान तर मुख्य समस्या भनेको बलत्कारमा पनि बालिकाहरुले यो अबस्था दिन दुई गुणा रात चार गुणा बढी भोग्नु पर्दा तपाईं हजुर ममहामहिम महिलाहरु देख्दा आफ्नै अनुहार लाजले छोप्ने बेला आइसक्यो।ध्यानाकर्षण होस महामहिम राष्ट्रपति महोदय। अन्त्यमा,हामीले जंगे शासन तय गर्न विवश हुनुपर्यो भने जनताले तय गर्नेछन बलात्कारीलाई सजांय हामी बाध्यात्मक परिस्थितिमा यो बडामाहराज शैलीको शासनलाई धुलो चटाउन लागि पर्नेछौं।हजुरको बग्गी सवारी निरन्तर रहोस् शुभकामना।

    रुपन्देही, हाल: काठमाण्डौ

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…