•  भद्रगोल किराती

    भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले ओगटेको छ । १५ जुलाई २००९ देखी टेन मिनट्स टू अर्थ सुरुगरी सम्पूर्ण सिक्किमेहरुको सहभागितामा ब्यापक वृक्ष रोपण सुरु गरियो र यसलाई निरन्तर जारी राखिएको छ । २५ जुनलाई हरेक बर्ष टेन मिनट्स टू अर्थ डे को रुपमा मनाउन थालिएको छ । 
    बर्षमा १० मिनेटमात्रै मुस्किलले एक कप चिया खाने समय धर्तिलाई दिदा पर्याबरणमा ठुलो परिवर्तन आउँछ । जताततै हरियाली आँखालाई सित्तलतासँगै फोक्सोलाई जैबिक अक्सिजनले गर्दा कङ्क्रिटको जंगलबाट सिक्किम पुग्दा छुट्टै आनन्द आउछ ।

    यहाँँको पर्यटकहरु भारतको पश्चिम बङगाल लगायत बिभिन्न राज्यहरुको साथै बिभिन्न देशहरुबाट  आउँछन । छिमेकी देश नेपालबाट पनि पछिल्लो समय धेरै मात्रामा घुम्नजाने गरेका छन । नाम्चिको चारधाम, गान्टोकको बनझाँक्री फल्स, सिक्किमको राजदरबार म्युजियम, राङ्का राईगाउँको माङ्खिम, गान्टोककै गुम्बा, बुद्दपार्क आदि सैयौं पर्यटकीय स्थलहरु छन ।  प्रजातान्त्रिकरुपमा जननिर्बाचित विश्वकै एकमात्र निबर्तमान मुख्यमन्त्रि पवन चाम्लिङले २५ बर्षे शासनकालमा भएको बेला अहिलेको आधुनिक जैबिक सिक्किमको निर्माण गरेका हुन । यसर्थ आधुनिक सिक्किमको प्रणेता उनैलाई मान्न सकिन्छ ।


     

    भारतको मुलधारमा सिक्किमे जनताहरुको भावनात्मक एकतामा उहाँको अथक प्रयासको मान्यता स्वरुप बर्ष १९९६ मा प्रतिष्ठित भारत शिरोमणी पुरस्कार प्रदान गरियो । बर्ष १९९८ माग्रिनेस्ट चिफ मिनिस्टर अफ ईन्डिया को रुपमा चयन गरिएको चाम्लिङसिसत देशमै आज पर्यन्त यो एक्लो सम्मान प्राप्त गर्ने बिशिष्टता रहिआएको छ । राज्यका नेताको रुपमा उनको आफ्नै प्रयासहरुद्वारा सिक्किम ग्रिन बोनसको योग्य बन्यो र क्यार्लिफोनियामा २००८ मा आयोजित जलबायु परिवर्तन शिखर सम्मेलनमा निम्त्याईएका चाम्लिङ भारतका एकमात्र राजनैतिक नेता थिए । जहाँँ उनले गवर्नर आर्नोल्ड स्वार्जनेगर अनी संयुक्त राज्य अमेरिका, चीन, दक्षिण अफ्रिका, आदिका प्रबुद्द नेताहरुसित मन्च साँझा गर्नुभयो।
    जनसेवामा उहाँको समर्पणलाई कदर गर्दै पवन चाम्लिङलाई सिक्किम मनिपाल विश्वबिधालयद्वारा बर्ष २००३ मा ओनरिस कौसा दर्शनशास्त्रमा बिध्यावारीधी, केन्द्रिय विश्वबिधालय सिक्किमद्वारा २०१७ मा ओनरिस कौसा दर्शनशास्त्रमा बिध्यावारीधी, रामास्वामी मेमोरियल युनिवर्सिटी एसआरएमद्वारा २०१७ मा साहित्य बिद्यावारीधी डि।लिट, ईक्फाई युनिभर्सिटीद्वारा जुन २०१८ मा साहित्य बिद्यावारीधी द्वारा सम्मानित गरिएको छ । उहाँलाई २००९ मा युनिभर्सल पिस फेडरेसन तथा ईन्टररिलिजियस एण्ड ईन्टरनेशनल फेडेरेसनद्वारा लिडरशिप एण्ड गूड् गवर्नेन्स अवार्डद्वारा विभूषित गरिएको थियो ।                

    उहाँले लोकप्रिय साहित्यकारको रुपमा धेरैवटा कबिताका संग्रहहरु सिर्जना गर्नुभएको छ । जसमध्ये केही अघिबाटै अंग्रेजी, हिन्दी र बांग्ला भाषाहरुमा अनुदित भैसकेका छन । उहाँले मानबीय गरिमा र समानतामा केन्द्रित बिषय बस्तुहरुमा अती दक्षतापुर्बक सरल र क्रान्तिकारी वयन्जना युक्त सशक्त्त कविताहरु लेख्नुहुन्छ । उहाँले १९७७ देखी निर्माण साहित्यिक पत्रिकाको आरम्भदेखि नै यसको सम्पादक, संरक्षक रहि आउनुभएको छ ।

    पोयट फाउन्डेसन अवार्ड बाहेक साहित्यको संरक्षण र सम्बद्ध तर्फ उहाँको बिशेष योगदानलाई कदर गर्दै उहाँलाई २०१० को भानु पुरस्कार प्रदान गरिएको छ । उहाँको साहित्यिक योगदानलाई सम्मानगर्दै युगकवि सिद्दिचरण श्रेष्ठ पुरस्कार (२०१६, ‘हाङ यलम्बर स्मृति पुरस्कार एलेदोङ ५०८०), समाज कल्याण पुरस्कार( २०१६, विश्व ब्यक्तित्व सम्मान २०१६, डा.डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२२, जस्ता अन्तराष्ट्रिय पुरस्कारहरु पनि रहेका छन ।            

    सिक्किमलाई पर्यापर्यटन गन्तब्यको रुपमा बढुवाका निम्ती, सिक्किमले ३१ वटा भन्दा बढी राष्ट्रिय पर्यटन पुरस्कार अनी ग्रामीण बिकास, ग्रामीण स्वच्छता, स्वास्थ्य र शिक्षा क्षेत्रहरुमा यतिकै संख्यामा नै पुरस्कारहरु प्राप्त गरिसक्नुभएको छ ।

    दिगो बिकासको क्षेत्रमा पवन चाम्लिङले सिक्किमलाई पहिलो र एक मात्र जैबिक राज्यको रुपमा स्थापित गर्न पर्याबरण र दिगो बिकासमा उहाँको परिकल्पना र नेत्रित्वको मान्यता स्वरुप प्रसिद्द दिगो बिकास नेत्रित्व पुरस्कार २०१६ प्राप्त गर्नुभएको छ । उहाँलाई त्यसबेला पनि अन्तराष्ट्रिय पहिचान प्राप्त भयो । उहाँले सिक्किमलाई विश्वको प्रथम जैबिक राज्य बनाए बापत सितम्बर ८,२०१७ मा जर्मनिमा प्रतिष्ठित वान वल्ड अवार्ड प्राप्त गर्नुभएको थियो ।

    जैविक कृषिलाई एउटा बिशेष क्रान्तिको रुपमा लिएको हुँदा पवन चाम्लिङलाई जैविक हिमालय अनी जैविक बिश्वका राजदुतको उपनाम दिएको छ । जैविक खेतिको सिक्किम राज्य तीति अनी उनको नेतृत्वमा सुरु भएको सिक्किम जैविक अभियानका निम्ती भर्खरै मात्र, अक्टोबर १५, २०१८ मा माननीय निबर्तमान मुख्यमन्त्रीले विश्वभरीका २५ राष्ट्रहरुका अन्य ५० नामाङ्कनहरुलाई पछी पार्दै फ्युचर पालिसी गोल्ड अवार्ड (२०१८ प्राप्त गर्नुभयो) ।

     संयुक्त राष्ट्रको एफ.ए.ओ.द्वारा आयोजित गरिएको कार्यक्रममा जैविक क्रान्तिमा दिगो बिकास र एउटा मार्ग दर्शक अनी उदीयमान प्रतिकको रुपमा सिक्किमलाई विश्वको एकमात्र शत प्रतिशत जैविक राज्यको विश्व मान्यता प्रदान गरिएको छ।

    माथिको विवरणहरुबाट आजको सिक्किम निर्माणमा योगदान कस्को छ भन्नै पर्दैन । ५ बर्ष अघि नेपालको सुन्दर नगर पोखराबाट पोखरा ईन्जिनियरिङ्ग कलेजका बिद्यार्थीहरु शैक्षिक भ्रमणका लागि सिक्किम घुमेर रम्फुमा फर्कदै थिए । आफ्नो भ्रमणबाट उत्साहित हुँदै भने अब म पनि आफ्नो पढाई सकेर सिक्किमकै जस्तो ईन्जिनियरिङ्गको नक्सा कोर्छु भन्दै थिए ।  

    उनले यहाँँको कलेज, घर, बाटोघाटो, पर्यटकीय स्थल, पार्कहरु, पाल्जोर स्टेडियम, हाइड्रो प्रोजेक्ट, मठ, मन्दिर, गुम्बा, चर्च, ढलनिकास, खानेपानी, जैबिक कृषि, औधोगिकक्षेत्र आँदी देखेर प्रभाबित भएको बताउदै थिए । प्रकितिलाई नबिगारिकन कसरी बिकास गर्न सकिन्छ भन्ने बिश्वस्तरिय नमुना भएको बताउदै थिए । गोलो रातो डल्लो  सिक्किमे रम कोशेली खरिद गर्दै हतार हतार झोलामा हाल्दै उनले भने टिस्टा, रङगित जस्ता खोलाहरु नमातिकन बग्दा रहेछन । हाम्रोमा बन जंगल मासिएर होला, बर्खाको समयमा रिसाउदै कराउदै खोला खोल्सिहरु आउँछन। यहाँँ त कस्तो गजबले खोलाको बगर छेउमा पनि हिडडुल गर्न घुम्न साथै बाँधको काम पनि संगै गरिएको रहेछ भनेर सिङ्ताम बजारको खोला किनार सम्झिए ।
    सोलुखुम्बु जिल्ला सोताङ गाँउपालिकाबाट जनप्रतिनिधि र कर्मचारीहरुको टोली ४ बर्ष अघी भ्रमणमा गएका थिए । एउटा पाँखोलाई कस्तो सुन्दर तरिकाले चारधामको परीकल्पना गरेर पर्यटनस्थल बनाईेको रहेछ। यस्को जन्मदाता संग भेट्न पाए कस्तो हुन्थ्यो भन्दै थिए उपाध्यक्ष लक्ष्मी बस्नेत। बुद्दपार्क पुगेपछी वडाअध्यक्ष राम कुमार राई आफ्नो गाँउको दिम्बल भन्ने शेर्पागाँउ संग हावापानी र भुगोल मिल्ने बताउदै थिए। त्यहाँ पनि यस्तै बनाउन पाए गाँउ छोडेर युरोप अमेरिका बसाँई गएकाहरु घुम्न आउथें कि, भन्दै थिए ।
    पालिका अध्यक्ष वीर बहादुर राई झाँक्रिफल्स पुगेपछी कुना भित्रको खोल्सोलाई आकर्षक करोडौ आम्दामीगर्ने स्थान बनाइेको देख्दा छक्क परेका थिए। ओडार भित्र बनझाक्रिले एउटा सानो नानीलाई तालिम दिदै गरेको मुर्ती र खोलामा बल्छी खेल्दै गरेको देख्दा गाँउकै फुच्चेलाई सम्झिए । लेलेधुमरलेमलेमारबनझ्राक्रिले मान्छे लगेर तालिम दिने जस्ता घटना पुर्बी पहाडी जिल्लाहरुमा अझै पनि सुन्न देख्न र त्यस्ताहरु भेट्न सकिन्छ ।

    युट्युबमा ततकालीन मुख्यमन्त्री पवन चाम्लिङको भाषाणहरु होटलमा पुगेर भ्रमण दलले सुनेजुरो भएको गोरु पाल्नु है सरकारले किन्छौ भन्दै थिए । रैथाने नश्लका गाईगोरुको महत्व बुझाएको देख्दा खुब रमाएका थिए । यो टोली आफ्नो ठाउमा गएर सिक्किममा देखेको, सिकेको प्रयोग गरेका छन । कृषकलाई बिउ, बिजन, ग्रिनहाउस, तालिम आदी  दिएकाछन । सोताङको चर्चित मन्दिर हुलु देबिथानलाई सुधार गरेर आकर्षक बनाएका छन । स्कुलमा ऋषी शिक्षा ऐक्षिक बिषय थपेकाछन ।

    त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पनि मेयर, उपमेयर जनप्रतिधिहरु, कर्मचारिहरु घुम्न पुगे । फर्केर अहिले विश्वकै सबैभन्दा ठुलो पहिलो किराती राजा यलम्बरको मुर्ती ९ करोडको लागतमा ११० फुटको बनाउदै छन । बिशाल मुर्ती संगै एलम्बर पार्क केही महिनामै निर्माण सम्पन्न हुन लागेको बर्तमान उपमेयर बिशन राईले बताउनुभयो । यो यलम्बर पार्क पनि पवन चाम्लिङ र सिक्किमे मोडलबाट सिकेर बनाएको हो भन्दा फरक पर्दैन ।

    सिक्किमसँंगै जोडीएका छिमेकी जिल्ला पाचथर, इलाम, ताप्लेजुङमा त अर्गानिक खेतिपाती निक्कै गर्न थालिएको छ । जैबिक चिया र अलैची त अरबौ रुपैयाको निकासी गर्ने गरेका छन । त्यसरी कमाएको पैसाले झापाको बिर्तामोड, दमक, इटहरी र काठमाडौ तिर घर घडेरी किन्ने आफ्ना नानीहरुलाई राम्रो शिक्षा दिक्षा दिने गरेका छन । यसरी सिक्किमबाट सुरु भएको जैबिक क्रान्ति अर्थात पवित्र क्रान्ति सिक्किम घुम्न आउनेहरुले लिएर जाने गरेका छन । सिक्किम एउटा संसारकै जैविक खुल्ला विश्व विद्यालयको रुपमा पनि प्रचार र विकसित भैरहेकोछ ।            

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…

शान्ति लामा आज ८ मार्च विश्वभरिका श्रमिक महिलाहरुले महिला माथि भएको शोषण  विरुद्ध  आवाज उठा…