• मोरङ । मोरङको पथरीशनिश्चरे—४ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले आफूहरुको कार्यकाल सकिदासम्म पछुताउनु पर्ने र ग्लानिहुने कार्य नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 
    वडा कार्यालयले बिहिबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रस्नहरुको उत्तर दिने क्रममा अध्यक्ष न्यौपानेले सो प्रतिबद्धता दोहो¥याएका हुन् । वडाले पहिलो कार्यकालमा गरेका कार्यहरु सार्वजनिक गर्नुको साथै कार्यक्रममा उठेका प्रस्नहरु अध्यक्ष र सदस्यहरुले जवाफ दिएका थिए । 
    वडा अध्यक्ष न्यौपानेले चालु आर्थिक बर्षमा वडा सिलिङ बजेट, नगरपालिका र प्रदेश सरकारबाट प्राप्त बजेटबाट भएका भौतिक, शैक्षिक, स्वास्थ्य, कृषि, पर्यटन तथा समाजिक विकासहरु, सिफासिर, दर्ता, चलानी, जन्म, मृत्यु दर्ता, बसाइसराइ, विवाह, सम्बन्ध विच्छेद र पारिवारिक विवरण सार्वजनिक गरेका छन् । 
    वडा कार्यालयले यो कार्याकालभर वडा कार्यालय मितव्ययिता, सेवामा सरलता, आर्थिक पारदर्शिता र आपसी एकता कायम गर्ने नीति अगाडि सारेको छ । सोही नीति अनुसार सेवाग्रहीहरुलाई एक घण्टा भन्दा बढी नकुराइले अध्यक्ष न्यौपाले बताए ।
    सार्वजनिक सुनुवाइ कार्यक्रममा जहरमान लिम्बू, अमर बराइली, हिक्मत श्रेष्ठ, शान्तिला दाहाल, राजकुमार मगर, ज्ञानबहादुर विष्ट, राम बिक, सागर भट्टराई, चुडामनी खतिवडा, निर्मला भट्टराई, डिगबहादुर बस्नेत, असुतोष भट्टराई लगायतले भौतिक बिकास तथा सेवा वितरण बारे प्रस्नहरु उठाएका थिए । 
    जिज्ञासाहरुको अध्यक्ष लोकनाथ न्यौपाने, वडा सचिव भावना श्रेष्ठ, जनप्रतिनिधिहरु कल्पना श्रेष्ठ, उपेन्द्र कार्की, भक्तबहादुर राउत, मिना बिक लगायतले जवाफ दिएका थिए । 
    कार्यक्रममा एकीकृत सम्पति कर र नगदी गरी २१ लाख, ८८ हजार, ६०३ राजस्व संकलन भएको विवरण प्रस्तुत भएको थियो । यो गत आर्थिक बर्षमा भन्दा बढी भएको विवरणमा प्रस्तुत छ । शैक्षिक सुधारको लागि वडामा रहेका सरकारी विद्यालयहरुमा फेस स्क्यानिङ सहितको शिक्षक हाजिरी मेसिन प्रदान गरेका छन् । 
    सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाहरु बारे उत्तर दिदै अध्यक्ष न्यौपानेले जनप्रतिनिधि टिमले वडामा अनियमित कार्य नगर्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । केही सहभागीहरुले राम्रो काम गरे आएर सघाउने र वडामा भ्रष्ट्राचार भए कडा प्रतिरोध गर्ने चेतावनी दिएका थिए । 
     

सम्वन्धित समाचार

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …

इलाम । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्…