•   राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्विर प्रदर्शनी सुरु भएको छ । 

        सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्विरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गर्नुभयो । 

    भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवं काठमाडौँ उपत्यकाका गरी ७७ तस्विर समाविष्ट गरिएको छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजियाजस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी तस्विर प्रदर्शनीमा राखिएको छ । 

    मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवं धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्विर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्विर प्रदर्शनी गर्दै आएको छ । मन्त्री शर्माले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

         राज्यद्वारा सञ्चालित  राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा  साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । 

        विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै  श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलबध गराउँदै आएको छ ।

सम्वन्धित समाचार

 खप्तड, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतक…

 महेन्द्रनगर, २१ वैशाख : विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा प…

 नयाँ दिल्ली, १९ जेठ : भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्…

 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने…