• काठमाडौं चैत १७ – आर्दश  सर्भिस प्रालिद्वारा सञ्चालित रातोकलम डटकमको सम्पादकमा पत्रकार तेजन खड्का नियुक्त भएका छन् ।  रातोकलम मिडियाको सञ्चालक समिति बैठकले खड्कालाई शनिवारदेखी सम्पादकको जिम्मेवारी दिएको हो ।
    एक समारोहका बीच सम्पादक खड्काले  पदभार ग्रहण गरेका छन् ।  एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय खड्का छापा तथा इलोट्रिक मिडियमा कार्यरत थिए । 
    झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिक र उर्लाबारीको निगरानी दैनिकमा सम्वाददाताको काम गरेका खड्का उर्लाबारी पेजमा  अनलाईन सम्पादक रहिसकेका छन् । 
    कला साहित्यमा दख्खल राख्ने पत्रकार खड्का राजनीति, समाजका बिभिन्न क्षेत्रमा कलम चलाउँछन् । 
    रातोकलम मिडियाका फाउण्डर  मौषम लिम्बूले स्वागत गर्दै खड्काको नेतृत्वमा रातोकलमले नेपाली सञ्चार जगतमा ल्याउनु पर्ने इनोभेसनको जिम्मेवारी अझै प्रभावकारी रुपमा निभाउने विश्वास व्यक्त गरेका छन् । 

    जनउत्तरदायी पत्रकारिताप्रति आफू सधैं कटिबद्ध रहेको उल्लेख गर्दै सम्पादक खड्काले नागरिकको सूचनाको हकको सम्मान गर्दै समाजका राम्रा पक्षको उजागर र विकृतिविरुद्ध निरन्तर खबरदारी गर्ने अठोट व्यक्त गरेका छन् । 
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …