• काठमाडौ, १७ चैत्र । रिपोर्टर्स क्लव नेपालले यस वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित ‘साप्ताहिक’ का प्रधान–सम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।

    नेपाली राजनीतिका महानायक नेपाली काँग्रेसका पुर्व सभापति, पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापीत यो पुरस्कार तीन दशक भन्दा बढिदेखि पत्रकारितामा शक्रिय पत्रकार ढकाललाई प्रदान गरिएको हो ।

    रिपोर्टर्स क्लब नेपालको २० औँ स्थापना दिवसको असरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शार्मा ओलीले पुरस्कार अर्पण गरेका हुन् ।

    यसअघि यो पुरस्कार बरिष्ठ पत्रकार हरिहर विरही, अमित ढकाल, कविर राणा र गुणराज लुँईटेललाई प्रदान गरिएको थियो ।

    यसैगरी यो वर्षको मदन भण्डारी स्मृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका प्रकाशक एवम् संस्थापक सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ ।

    नेपाली राजनीतिका चर्चित हस्ती, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं कुशल वक्ता एमालेका पुर्व महासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यो पुरस्कारको राशि १ लाख रुपैयाँको छ । श्रेष्ठ विगत चार दशक भन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् । क्लबले पहिलोपटक यो पुरस्कार वितरण गरेको हो ।

    यो वर्षको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

    आचार्यलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । आचार्य विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी राजधानी दैनिकमा प्रमुख सम्वाददाता हुँदै अहिले कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

    यसैगरी यो वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् नेपाल टेलिभिजनका सम्वाददाता दिलिप थापा मगरलाई प्रदान गरिएको छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थापालाई दिइने यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

    यसैगरि कृष्णसेन ईच्छुक स्मृती पत्रकारिता पुरस्कार द हिमालयन टाईम्सका विशेष सम्वाददाता रेवती सापकोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ छ । सापकोटा लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

    यसैगरि यो वर्षको रिपोर्टर्स क्लब नेपाल सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्ट दैनिकका बरिष्ठ सम्वाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

    साउदलाई प्रदान गरिने यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । साउद लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।
    यसैगरी यस वर्षको बाबुछिरी फोटो पत्रकारिता पुरस्कार नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रंदान गरिएको छ । राजनीतिक संक्रमणकाल, भुकम्पलगायतका कठिन घडीमा साहसपुर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइएको यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ ।

    यसैगरी यो वर्षको उमा सिंह स्मृती पत्रकारिता पुरस्कार देशसञ्चार डटकमकी संवाददाता दीपा दाहाललाई प्रदान गरिएको छ । नारी साप्ताहिक, रेडियो कान्तिपुर र अन्नपुर्ण पोष्ट दैनिक लगायतका पत्रिकामा काम गरिसकेकी दाहाललाई दिइएको यो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

    यो वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका समचारदाता भउचप्रसाद यादवलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँको छ । यादव विगत डेढ दशकदेखि पत्रकारितमा सक्रिय छन् ।

    पुरस्कार आज रिपोर्टर्स क्लव नेपालको वीसौं वार्षिकोत्सवका अवसरमा काठमाडौंस्थित् राष्ट्रिय सभागृहमा आयोजना गरिने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो ।

    सोही कार्यक्रममा क्लबले प्रधानमन्त्री केपी ओली र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई विशेष अभिनन्दन गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…