ओखलढुंगा । दिउँसै मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयले उजुरी गरेपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए ।
‘दिउँसै मदिरा सेवन गरेर कार्यालयमा होहल्ला गरेको भनेर स्थानीयले उजुरी गरेपछि हामीले वडाअध्यक्ष खत्रीलाई नियन्त्रणमा लिएका हौं,उहाँ अहिले प्रहरीमै हुनुहुन्छ ।’ शर्माले भने खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए ।
अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् । खत्री सावीकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वा्चित वडा अध्यक्ष हुन् ।