• विराटनगर । आयोजक रिजालको मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वटरफाइनल प्रवेश गरेको छ । 
    शनिबार भएको उद्धघाटन खेलमा घरेलु मैदानमा विदेशी पाहुना टिम  भुटानको थिम्पु फुटबल क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । मोरङको जितमा भुवन बस्नेत र निशान लिम्बूले गोल गरे । मोरङका तर्फबाट ६० औं मिनेटमा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । गोलरक्षक नग्वाङ टासीले क्लियर गर्न खोज्दा रिबाउण्ड भएको बललाई बस्नेतले पोष्टको दिशा दिएपछि भुटान दवावमा पर्यो । 


    अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । अफ्रिकन खेलाडी पियुसको क्रस पासमा वान भर्सेस वानको स्थितीमा लिम्बूले बललाई जाली चुमाउँदा विपक्षी गोल रक्षकले नियाल्न सम्म पनि भ्याएनन् । ६७ औं मिनेटमा टिसान्दा दोर्जीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले विफल पारिदिंदा भुटानले खेलमा फर्कने अवसर गुमायो । 
    पहिलो हाफ सम्म खेललाई नियन्त्रणमा लिएको मोरङले गोल गर्ने धेरै अवसरलाई भने सदुपयोग गर्न सकेन । उसका आधा दर्जन प्रहारले पोष्टको दिशा लिन सकेनन् । खेल अवधिभर गोल गर्नका लागि पाएका केही अवसरलाई भुटानले पनि खेर फाल्यो । फिनिसिङ पक्ष कमजोर हुनु भुटानका लागि विदेशी मैदान अफापशिद्ध भयो ।  
    भुटानका प्रशिक्षक जङ्चुक दोर्जीले खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । जितपछि मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचे अनुरुप नै भएको बताए । 
    मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगिताको उद्धघाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच मोरङका निशान लिम्बू घोषित भए । आइतबारको खेलमा संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिष्प्रधा हुने छ । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…