उर्लाबारी, १७ फागुन । मोरङको उर्लाबारीमा फेसन ट्रेडस २०१८ सम्पन्न भएको छ । शुक्रबार सेन्ट्रल फेसन हब काठमाडौंको आयोजना तथा उत्तम क्रियसनको प्रस्तुतिमा मोरङ मिक्लाजुङका मृगौला रोगी सेनेहाङ लिम्बूको उपचार सहयोगार्थ उक्त कार्यक्रम भएको हो । विभिन्न डिजाईनरले डिजाइन गरेका ट्रेडिसनल गाउन ,लेहेंगा ,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठ, मोडल÷नायक अमृत ढुंगाना, प्रज्वल सुजल गिरी, नेपाल अर्थ रोसनी खत्री, सम्पदा बानियाँ, नम्रता योगी लगायतका दर्जनौंले उर्लाबारीको सिघिंम होटलमा र्याम्प नापेका थिए ।
दर्शकको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठलाई दर्शकले नोट गरेका थिए । त्यसो त उनीहरुको प्रस्तुतीमा वान्स मोरको गुज्जायस सुनिन्थ्यो । कार्यक्रममा मोड्लिङ लाग्न चाहाने स्थानीय नवमोडलहरुलाई पनि र्याम्प नाप्ने अवसर दिइएको थियो ।
कार्यक्रम सोचे भन्दा एकदमै पृर्थक र सफल भएको इभेन्टका जिवन चिमरीयाले बताए ।
सेनेहाङ लिम्बूको उपचारका लागी संकलित रकम सोही कार्यक्रममा विरामीको आमालाई हस्तान्तरण गरिएको थियो । भिजे सिर्जना लिम्बूले संचालन गरेको कार्यक्रमको सुरुवातमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, कवि उपेन्द्र सुब्बा, कलाकार हेमन्त बुढाथोकी र कालेबुङबाट आएका निर्माता प्रवण आच्छामि लगायतलाई सम्मान गरिएको थियो ।
किसोर श्रेष्ठ