काठमाडौं चैत्र १८ । आज अप्रिल १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ । पश्चिमा देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।
झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् भने कतिले विकृतिको नमूना भन्दै आलोचना गर्ने गरेका छन् । एकछिनको रमाइलोको लागि भन्दै साथीभाइ र अरुलाई झुक्याउने प्रवृत्तिले यसले समाजमा नकारात्मक असर पनि पुर्याउने गरेको छ ।