• उर्लाबारी । पवन  हेयर सैलुन मोरङ उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकहरूको लाइन देख्दा लाग्छ, सहरमा अर्को कुनै सैलुन छैन। उर्लाबारीमा अन्तराष्ट्रिय स्तरका शैलुन भन्दै नखुलेका होईनन्,तर पवन नै सबैको रोजाई बनेका छन् । उर्लाबारीमात्र होईन,दमक पथरी र इटहराबाट पनि कपाल काट्न आउने को लर्को  लाग्ने गर्छ उनकोमा । 
    यो सैलुन चलाउने युवा हुन्,उर्लाबारी—४ का पवनदेव ठाकुर । दश वर्षअघि आफ्नो गोजीमा भएको पाँच सय रुपैयाँबाट सरसामान किनेर उर्लाबारी बरगाछीमा कपाल काट्ने व्यवसाय सुरु गरेका उनले अहिले उर्लाबारीमै लाखौँ मूल्यका घर बनाइसकेका छन् ।
     
    तिन महिना दिल्लीमा कपाल काट्न सिकेर उर्लाबारीमा सैलुन खोलेका पवन अहिले काम भएन भनेर विदेशिने युवाहरूको लागि पनि गतिलो उदाहरण बनेका छन् । 
     
    सुरुमा पढ्न नसकेर कपाल काट्न सिकेका उनले दशवर्षमै मनग्य कमाएनन मात्रै, आफ्ना भाइहरू अनि गाउँका अरु युवाहरुलाई पनि रोजगारी दिइरहेका छन् । 
     
    उनको सैलुनमा पाँच जनाले कपाल काट्ने काम गर्छन् । तर पनि कुर्सी एक छिन नि खाली हुँदैन कैँची चलाउन व्यस्त उनलाई कसैले हेर्न पनि फुर्सद थिएन् ।  पालै दिन मुश्किल हुन्छ, ग्राहकहरू फोन गरेर आउनुहुन्छ,मेहेनती पवनले भने । 
     
     
    हुन पनि त्यहाँ पालो नपाए बरु, केही दिन कुर्छन ग्राहक । तर त्यहाँ कपाल काटिरहेकाहरू सित्तिमित्ति अन्यत्र जाँदैनन् । 
    काम सानो ठूलो लाग्दैन उनलाई ।  भन्छन्,काम त कामै हो नि, सानो ठूलो केही हुँदैन, त्यो बुझ्नेहरूमा भर पर्छ । पहिले मलाई गिज्याउने धेरै थिए,सुरुवाति दिन पवनले सम्झिए,तर उनीहरू नै अहिले मेरो गुनगान गर्छन्,बरु क्या प्रगति गर्याछस भन्छन् । 
    सैलुनमा भेटिएका मोरङ इटहरा सोमबारेका खगोल न्यौपाने पवनको कपाल कटाई नै राम्रो लाग्ने बताउछन् । भन्छन्,पवन बाहेक अरुसँग कपाल काट्दा चित्त नै बुझ्दैन् । 
    आजभोलि उनले दैनिक चाररपाँच हजारको हाराहारीमा कमाउँछन् । विहान ६ बजेदेखि राति ८ बजेसम्म समेत खाना खाने फुर्सदै हुँदैन । काममै जोतिइरहेका हुन्छन्,पवन । 
     
    अहिले थुप्रै संघसंस्थाहरू पनि उनलाई कपाल काट्ने तालिम दिनुर्पयो भन्दै अफर गरिरहेका छन् । तर आफ्नै पसलमा आफ्ना ग्राहकको कपाल काट्नै भ्याइएको छैन्,उनले भने,यहाँ पालो नपाएर, पालो मिचियो भनेर ग्राहकहरू झगडै गर्छन् ।  तर पनि उनले केहीलाई भने तालिम दिएका छन् । आफ्नै सैलुनमा अनि संघसंस्थाहरू मार्फत पनि उनीहरू पनि अरु ठाउँमा यस्तै पसल खोलेर बसेका छन् । उनले सन्तोष मान्छन्,यस्तो आफूले सिकाएकाहरूले पनि प्रगति गरेको देख्दा खुसी लाग्छ । 

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…