झापा । झापामा मिस एसईई प्रदेश १ को तेस्रो संस्करण हुने भएको छ । यस अघि मिस एसईई झापाको नामबाट सञ्चालन भईरहेको प्रतियोगिता देश संघिय संरचनामा गई सकेपछि प्रदेश स्तरिय बनाउदै मिस एसईई प्रोविन्स वान को नामबाट सञ्चालन गर्न लागिएको बताइएको छ ।
ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको ब्याँनरमा प्रतियोगिता सञ्चालन हुने छ । कक्षा १० अथवा एसईई परीक्षा दिएर बसेका किशोरीहरुको क्षमता अभिबृद्धि गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । यस बर्षदेखि झापा सँगै प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाबाट सहभागिता जनाउन पाइने छ ।
प्रतियोगिताका लागि छनौट झापाको बिर्तामोड र दमकसँगै इलाम, सुनसरीको धरान र मोरंगको बिराटनगरमा हुने छ । छनौटमा परेका किशोरीहरुलाई करिव डेढ महिना बन्द सत्रमा राखि प्रशिक्षण दिइने आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिनु भयो । यस बर्ष प्रतियोगिताको अफिसियल कोरियोग्राफरको रुपमा हाल सञ्चालन भईरहेको नेपालकै सबै भन्दा ठूलो शौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ मा सहभागि एलिसा अधिकारी रहने समेत पुडासैनीले जानकारी दिनु भएको छ ।