• किसोर श्रेष्ठ

    उर्लाबारी, १८ चैत । नेपाल सितोरीयो कराते संघ मोरङ जिल्ला सदस्य तथा राष्ट्रिय रेफ्री हुन्,मानबहादुर लिम्बू ‘थोप्रा’ । उर्लाबारी ७ निवासी थोप्रा लामो समयदेखी सितोरीयो कराते खेलसँग आवद्ध छन् ।

    सुरुमा खेलाडी रहेका उनी सितोरीयो करातेका विभिन्न खेल अनुभवहरुबाट हाल प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । धनकुटामा २०४६ सालमा मदन उप्रेती, दुर्गाराज निरौला, कालु मेचे लगायतका प्रशिक्षकहरुबाट प्रशिक्षण लिएसँगै उनले कराते खेलमा प्रवेश गरेका हुन् ।

    स्वास्थ्यका लागी मात्र नभएर इमान्दार, कर्तव्यनिष्ठ अनि अनुशासित बन्न पनि यस खेलको महोत्वपूर्ण भूमीका खेल्ने थोप्राको भनाई छ । देश, विदेशमा सेना र प्रहरी, चौकीदार, बाउन्सर आदिका रुपमा काम गर्न जादाँ पनि सितेरियो कराँते सिकेका खेलाडीलाई धेरै कुराहरुमा सहजता मिल्ने पनि प्रशिक्षक थोप्राले बताए ।

    पछिल्लो समय उनकै कारणले उर्लाबारीमा कराँते सिक्ने विद्यार्थीको संख्या बढ्दै गएको छ । कराँतेको थर्ड डन समेत रहेका थोप्राले विद्यार्थीलाई कराँतेको प्रशिक्षण दिन थालेपछि यहाँका विद्यार्थीमा कराँतेतर्फ आकर्षण बढेर गएकोे हो । आकर्षण बढ्दै जाँदा यहाँका विद्यालयमा पनि यसले प्रभाव जमाउन थालेको हो ।

    पूर्वी मोरङका उर्लाबारी, पथरी, राजघाट, मधुमल्ला, टाँडी र सिजुवासम्म पुगेर थोप्राले विद्यार्थीलाई कराँते प्रशिक्षण दिदैँ आउनुभएको छ । हाल उर्लाबारी–७ मा रहेको पशुपति बोर्डिङ स्कुलमा १४० जना, पार्लेन्स बोर्डिङमा ३० जना, पथरीको एभेस्टमा २० जना विद्यार्थीलाई कराँते प्रशिक्षण दिइरहेका छन् । यसैगरी उर्लाबारी ७ मा रहेको डोजोमा ३० खेलाडी थोप्राले प्रशिक्षण दिन्छन् ।  

    २०१३ मा भारतको कलकत्तामा भएको भेट्रान कराते प्रतियोगीतामा कास्य पदक जित्न सफल थोप्रा २०४९ सालमा धनकुटामा भएको राष्ट्रिय किक बक्सिङमा तेस्रो बनेका थिए । यसैगरी २०६० सालमा झापाको अर्जुनधारामा भएको पानीकल डोजो प्रतियोगीतामा उनी दोस्रो भएका थिए । झापाको दमकमा दमक डोजोले आयोजना गरेको प्रतियोगीतामा थोप्रा तेस्रो भएका थिए भने २०६८ सालमा झापाको सुरुङ्गामा आयोजित ६५ केजी प्रतियोगतीमा प्रथम बनेका थिए ।

    दुई दशक बढी समय कराँते खेलमा रत्तिनुभएका प्रशिक्षक थोप्राले हालसम्म ३० जनाभन्दा बढीलाई ब्लाक बेल्ट गराइसक्नुभएको छ । यस्तै देशविदेशमा भएका कराँते खेलमा भाग लिएर निर्णायक तहमा काम गरेको अनुभव पनि उहाँसँग रहेको छ । थोप्रा उर्लाबारी नगरस्तरीय खेलकुद विकास समितिका सदस्य पनि हुन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…