• उर्लाबारी ।दृष्टिविहीन ब्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा तपाई पत्याउनुहुन्छ ? नपत्याए धरै छैन् ।  तर, मोरङको बेलबारी– ३ का ५१ वर्षीय महाप्रसाद दाहालले ज्योतिष पेशा गरेर जिविकोपार्जन गरिहेका छन् । जन्मदै दृष्टि  बिहीन जन्मिएका  दाहालले ज्योतिष पेशा भने  पढेका होईनन् । ‘अन्तरध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ , दहालले भने,‘मलाई थाहा छैन् तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाई सक्थे होला नि ।’

    उनले सुनाए –‘हजुरले जे भन्नु भएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै  छन् । जसले विश्वाश गर्छ उनीहरूले नयाँ ग्राहक लिएर दाहालको मा पुग्ने गरेका छन् । सात वर्ष देखि बेलबारीमा डेरा बस्दै आएका महाप्रसादको मा शनिबार र मंगलबार भविष्य हेर्न आउनेको भीड नै लाग्ने गर्छ ।

     

    त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिबिहीन नै छिन् । महाप्रसादले पहिले सपाङ्ग महिलासँग बिहे गरेका थिए ,तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग पोईला गइन् । अहिले उनका जेठीपट्टिका छोरा बैदेशिक रोजगारमा साउदीअरव छन् । जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजिमा थिए । त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहिन संघ द्वारा आयोजित ३ महिने तालिममा मनकुमारीसँग भेट भयो । तालिम कै क्रममा महाप्रसादले मनकुमारीसँग हात मागे । तालिम सकिएपछि मनकुमारीले घर मै बुवा आमासँग माग्न आउन आग्रह गरिन् । महाप्रसाद पनि के कम भोलिपल्ट नै झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुगे । २०६६ फागुन १ गते बैबाहिक जीवन सुरु गर्नु भएका नेत्रहीन दाहाल दम्पति अहिले अरु सामान्य मानिस झैं घर ब्यवहार चलाएर बसिरहेका छन् ।

     

     महाप्रसाद दैनिक कमाएर ल्याउछन् मनकुमारी, खाना पकाउने,भाँडा माझ्ने, लुगा धुने ,इष्टमित्र राख्ने सबै काम आफैं भ्याउछिन् । उनीहरु भन्छन्–‘ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु । आफन्त इष्टमित्र भएपनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाई छ । आफन्त नभएका होइनन । तर कहिलेकाहि आउने बाहेक केही भरोसा छैन् ।’ सरकारी स्तरबाट उनीहरूले प्रतिब्यक्ति  मासिक ६÷६ सय रुपैयाँ पाउछन् । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…