• उर्लाबारी । उर्लाबारी—९ पोखरीबाधमा समाजसेवी सुन्दर श्रेष्ठले एकल लगानीमा सडक बत्ति जडान गरिदिएपछि गाउँ नै झलमल्ल भएको छ । रातको समयमा हिडडmुका लागि गाउँलेले आफ्नै घरबाट महशुल तिर्ने गरी बत्ति जडान गरेपछि यतिबेला गाउँ झलमल्ल भएको हो । श्रेष्ठले पोखरीबाध युवा क्लव मार्फत २० थान बत्ति र आवश्यक समाग्रीहरु सहयोग गर्नुभएको थियो । सडक बत्ति जडान पछि गाउँमा उज्यालो छाएकोछ, दुर्घटनाको जोखिम टरेको छ, पोखरीबाध युवा क्लवका अध्यक्ष जंग तामाङले भन्नुभयो,‘सुन्दर श्रेष्ठको सहयोगले गाउँका सबै खुशी छौ ।’ 
    बत्ति नहुँदा साँझपख निस्कने काम परे पनि गाउँमा साह्रै जोखिम रहेको थियो । अहिले बत्ति बल्न थालेपछि गाउँमा विकास आएको महशुष भएको छ, क्लवका सचिव प्रताप तामाङले भन्नुभयो । 
    बत्ति जडान गरिदिनुभएका श्रेष्ठले आफ्नो गाउँको समस्यालाई आफ्नै समस्या सम्झेर सहयोग गरेको बताउनुभयो ।  श्रेष्ठले भन्नुभयो, आफ्नो गाउँ ठाउँको समस्यामा सहयोग गर्न पाउनु मेरो लागि पनि सहोभाग्य हो । ’श्रेष्ठले आफ्नो गाउँ खोपिडाँडासँगै सेम्बुटोल,छिन्ताङेटोलमा पनि सडक बत्ति जडान गरिदिनुभएको थियो । 


     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…