• रातोकलम सम्बादाता,

    क्वालालम्पुर,अप्रील-

    तामाङ समाज मलेशियाले पुरानो कार्यसमिति विघटन गरेर नया नेतृत्व चयन गरेको छ।अप्रील ०१ तारिखका दिन कार्यबाहक अध्यक्ष राम तामाङको उपस्थितिमा सचिवालय समितिको बैठकले अघिल्लो कार्यसमिति लाई विघटन गरेको हो!

    मलेशियामा हुने हरेक सामाजिक गतिविधिमा प्राय अग्रणी भुमिका निर्बाह गर्ने उक्त समाजले आफ्नो जातिय पहिचान र धार्मिक गतिविधिहरुमा मान्यता अनुसार हरेक पर्बहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको  छ।

    श्रम गर्न मलेशिया आएर बिचल्लिमा परेका श्रमिक लाई सहयोग देखि नेपालमा हुने हरेक समस्याहरूमा आर्थिक सहयोग गर्दै आइरहेको समाजले मलेशियामा राम्रो पहिचान निर्माण गरेको छ।सन २००५ मा मलेशिया श्रम गर्न आएका तामाङहरुले स्थापना गरेको यो समाजले मलेशियामा रहेका तामाङहरु लाई एकीकृत गर्ने लक्ष्यका साथ सस्थाको औपचारिक गठन गरेका थिए।

    समाजका  सस्थापक अध्यक्ष बिनु तामाङको नेतृत्वमा गठन भएको सस्थाले सामाजिक कार्यमा निक्कै सकृय पुर्बक काम गर्दै आइरहेको छ।अघिल्लो कार्यकालका अध्यक्ष  आफ्नो कार्य अवधी समाप्त भइ  स्वदेश फर्किए पछी उक्त पद रिक्त रहेको थियो।

    उक्त रिक्त रहेको पद र पुरानो कार्यसमिति लाई विघटन गरि आज आइतबार क्वालालम्पुरको एक सभाहलमा टासी पाल्मो तामाङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ।भने सातौ पल्टको साधरण सभा बाट पहिलो पल्ट महिला निर्बाचित भएकी हुन।

     

    नव निर्बाचित कार्यसमितिको नामावली निम्न बमोजिम रहेको छ।१. अध्यक्ष: टाशी पाल्मो तामाङ २. वरिष्ठ उपाध्यक्ष: राजेन्द्र तामाङ ३. प्रथम उपाध्यक्ष: जगद दोङ तामाङ ४. दितिय उपाध्यक्ष: दावा लोप्चन तामाङ ५. महा सचिव: शेरब तामाङ ६. प्रथम सचिव: रञ्जित योञ्जन तामाङ ७. दितिय सचिव: सबिन लोप्चन तामाङ ८. कोषाध्यक्ष: बिक्रम वाइबा तामाङ ९. सह-कोषाध्यक्ष: मिङ्खु तामाङ सदस्यहरु: १. राजु तामाङ २. सन्जिब तामाङ ३. शान्त लोप्चन तामाङ ४. नवीन वाइबा तामाङ ५. दिपक तामाङ ६. कृष्ण तामाङ ७. दावा थिङ तामाङ ८. दावा घिसिङ तामाङ ९. ज्ञानध्वज तामाङ १०. प्रशन्त तामाङ ११. भिम थिङ तामाङ १२. रोहित तामाङ (नयाँ सदस्य) १३. आदित्य तामाङ (नयाँ सदस्य) १४. विष्णुमाया तामाङ १५. रञ्जना दोङ तामाङ १६. श्याम थिङ तामाङ प्रमुख संरक्षक तथा सल्लाहकार: १.पासाङ तामाङ सल्लाहकारहरु: १. राम तामाङ (पुर्बेली ठुले) २. भिम तामाङ ३. छेवाङ तामाङ ४. सोनाम नर्बु तामाङ

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…