• काठमाडौं । कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि बढ्यो । तर, उनी बसबाट ओर्लिन नै भुलिन् । बसको रुटमा उनी घुमिरहिन् ।

    रात प¥यो । बस ग्यारेजमा थन्क्याउने वेला भयो । चालक सन्तोष घिमिरेले बस बसुन्धरास्थित ग्यारेजमा लगे । सहचालक दिवस गड्तौला ढोका बन्द गर्न बसभित्र चढे । पछाडिको सिटमा कोही रहेजस्तो देखियो । चनाखो हुँदै उनी त्यसतर्फ बढे । सिटमा बालिका थिइन् ।

    छोरी बेपत्ता भएको चिन्ताले बालिकाकी आमा पीडामा थिइन् । उनलाई कसैेले छोरी स्वयम्भूमा भेटिएको खबर गरे । उनी हतार–हतार स्वयम्भू पुगिन् । छोरी त भेटिन् । तर, उनको अवस्था नाजुक थियो । मानसिक अपांगता भएकी उनी लगातार बलात्कारको पीडाले बर्बराउन थालेकी थिइन् ।

    यसरी भयो बलात्कार
    बालिका रहेको सूचना तत्काल चालक सन्तोषलाई सुनाए । सन्तोष पनि बसभित्र चढे । बालिका सिटमै थिइन् । वातावरण सुनसान थियो । उनीहरूले बालिकालाई समाते । किन समातेको बालिकालाई पत्तै भएन । त्यसैले उनी चुपचाप बसिन् । यसले बसका चालक र सहचालकलाई हौस्यायो । उनीले बालिकाको कपडा खोले । अनि दुवैले पालैपालो बलात्कार गरे ।

    मानसिक अपांगता भएकाले बालिका चिच्याइनन् । न अवरोधमा नै उत्रिइन् । यसले बसका चालक र सहचालकलाई थप बल पु¥यायो । उनीहरूले बालिकालाई बसबाट ओराले । अनि सँगै लिएर हिँडे, ललितपुरको हरिसिद्धिस्थित कोठातर्फ । कोठामा सन्तोष बस्थे । बालिकालाई सन्तोषले नै राख्ने निर्णय गरे । उनले बालिकालाई कोठामा लगे । अनि बन्धक बनाए ।

    प्रहरीका अनुसार उनले बालिकालाई खानाको प्रबन्ध कोठामै गरिदिए । सुत्न आफ्नै खाट दिए । छिमेकीले थाहा पाउलान् कि भन्ने डर थियो उनलाई । बालिकालाई बाहिर निस्कनै दिएनन् । दिसा–पिसाब गर्ने व्यवस्था पनि कोठाभित्रै मिलाए । ६ दिनसम्म बन्धक बनाएर दैनिक बलात्कार गरे ।

    ६ दिनसम्म बालिका बन्धक नै भइन् । २४ फागुनमा कसोकसो उनी त्यहाँबाट उम्किन सफल भइन् । उनी भाग्दै थिइन् । त्यही वेला बसका अर्का सहचालक सुदीप बजगाईंले बाटोमै भेटे । उनले बालिकालाई समातेर कोठामा लगे । रातभर बलात्कार गरे । बिहान भयो । उनी कोठाबाट निस्के । उनले बसका अर्का सहचालक दिवस गौड्तौलालाई बाटोमै भेटे । कुराकानीका क्रममा बालिकाको प्रसंग निस्कियो । दिवसले बालिका बेपत्ता भएको बताए । सुदीपले बालिका आफूसँग रहेको जानकारी दिए । दिवसले बालिका आफूलाई जिम्मा दिन भने । सुदीपले बालिका दिवसलाई जिम्मा लगाए ।

    दिवस बालिका लिएर बसका चालक सन्तोषकहाँ पुगे । सन्तोषले बालिकालाई फेरि हरिसिद्धिस्थित कोठामा लगे । बन्धक बनाए । अनि तीन दिनसम्म पटक–पटक बलात्कार गरे । लगातारको बलात्कारपछि बालिकाको स्वास्थ अवस्था बिग्रँदै गयो । सन्तोष डराए । उनले सोचे बालिकालाई अब छाड्नै उचित हुन्छ । कोठाबाट आफूसँगै लिएर हिँडे । चक्रपथ रुटमा चल्ने बस स्टेसन पुगे । बा२ ख ४१९५ नम्बरको बस रोके । बालिकालाई सोही बसमा चढाए । अनी आफू काममा लागे ।

    कहाँ झर्ने हो, केही मेसो थिएन, बालिकालाई । त्यसैले उनी दिनभर बा२ ख ४१९५ नम्बरको बसमै घुमिरहिन् । साँझ भयो । बस ग्यारेजमा थन्क्याउनुपर्ने भयो । चलक भोला तामाङले बस स्वयम्भूस्थित ग्यारेजमा लगे । ग्यारेज सुनसान थियो । बालिका बसभित्रै थिइन् । बसचालक भोला र सहचालक चन्द्र सापकोटा बसभित्रै चढे । अनि पालैपालो बलात्कार गरे ।

    लगातारको बलात्कारपछि बालिकाको स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो । बसका चालक भोला र सहचालक चन्द्रले बालिकालाई गर्भनिरोधक चक्की खुवाए । अनि २८ फागुनको बिहान स्वयम्भूमा ल्याए । बालिकाको हातमा दुई सय ५० रुपैयाँ थमाए । बालिकालाई त्यहीँ छाडे । दुवै आफ्नो बाटो लागे ।

    गर्भनिरोधक चक्की खुवाएर बलात्कार
    बालिकालाई चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरका चालक सन्तोष घिमिरेले कोठामा बन्धक बनाएर पटक–पटक बलात्कार गरे । यसका लागि उनले बालिकालाई खुवाउन औषधि पसलबाट गर्भनिरोधक चक्की किने । बालिकालाई जबरजस्ती खुवाए । आफूले भने कन्डम लगाए । अनि निरन्तर बलात्कार गरे । यस क्रममा उनले बालिकालाई दिसा र पिसाब गर्नसमेत बाहिर निस्कन नदिएको परिसरका डिएसपी मोहन थापाले बताए ।

    १७ फागुनमै हराएको सूचना
    हराएकै दिन बालिकाकी आमा महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन् । छोरी बेपत्ता भएको जाहेरी दिइन् । प्रहरीले खोजी कार्य सुरु ग¥यो । तर, भेट्टाउन सकेनन् । आहत बालिकाकी आमा छोरीको फोटो लिएर टेलिभिजन पुगिन् । छोरी बेपत्ता भएको सूचना प्रसारण गर्न लगाइन् ।
    यता मुख्य समाचारको बीचमा बालिका बेपत्ता भएको सूचना प्रसारण भयो । उता बालिका सन्तोषको हिरिसिद्धिस्थित कोठामा बन्धक थिइन् । टेलिभिजनमा बालिका बेपत्ता भएको सूचना प्रसारण भइरह्यो । बालिका बलात्कार भइरहिन् ।

    घटनामा संलग्न पाँच पक्राउ
    छोरी बेपत्ता भएको पीडाले बालिकाकी आमा पीडामा थिइन् । उनलाई कसैेले छोरी स्वयम्भूमा भेटिएको खबर गरे । उनी हतार–हतार स्वयम्भू पुगिन् । छोरी त भेटिन् । तर, उनको अवस्था नाजुक थियो । मानसिक अपांगता भएकी उनी लगातार बलात्कारको पीडाले बर्बराउन थालेकी थिइन् ।
    छोरी टिपेर उनी घर पुगिन् । छोरीको शरीर हेरिन् । निकै टीठलाग्दो थियो । सोधपुछ गरिन् । अनि खुल्यो बलात्कारको रहस्य । रन्थनिएकी उनी महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन् । छोरी बलात्कार भएको भन्दै जाहेरी दिइन् । प्रहरीले घटना अनुसन्धान ग¥यो । उजुरी परेको केही दिनमै घटनामा संलग्न पाँच अभियुक्त पक्राउ परे ।
    पक्राउ पर्ने भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईं थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरूले बालिकालाई बन्धक बनाई १० दिनसम्म सामूहिक बलात्कार गरेका थिए ।
    परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न पाँचजना पक्राउ परेका छन् । उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…