• पाँचथर । गोरु काटेको अभियोगमा पाँचथर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । फिदिम नगरापिलका–४ का देउकुमार तामाङका घरमा गोरु काटीरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा फिदिम नगरपालिका –४ का ३४ वर्षिय देउकुमार तामाङ, ३३ वर्षिय सन्तकुमार तामाङ, ५१ वर्षिय विर्खवहादुर तामाङ, २६ वर्षिय सुजन तामाङ, २८ वर्षिय राजकुमार राई र स्याङजा घर भई फिदिम नगरपालिका–९ लुम्फाबुङमा बस्दै आएका ३७ वर्षिय सुशिल विश्वकर्मालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरु विरुद्ध गौ हत्या सम्वन्धी मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक विज्ञान वस्नेतले जानकारी दिए । तर, मुलुक धर्म निरपेक्ष भइसकेको भन्दै गौ हत्या अभियोगमा प्रशासनबाट पक्राउ गर्ने क्रम नरोकिएको प्रति नेपाल तामाङ घेदुङ पाँचथर सहित नेपाल आदिवासी जनजाति महासँघ पाँचथरले भने विरोध जनाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…