- क.लक्ष्मण शर्मा चौलागाईं
जनताहरु आशावादी थिए,देशले मुक्ती खोजेको थियो र जनताका छोराछोरीहरु महान जनयुद्द लड्न युद्दको बलिभेदिमा उत्रिन तयार थिए र भए।मुलुकले एक दशक लामो जनयुद्द सहन गर्यो जुन दीर्घकालीन भनिएको थियो।नेपालको राजतन्त्र मात्रै ढाल्ने सपना महान जनयुद्धको थिएन ,थियो त केवल अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद बिरुद्द सम्मको आन्दोलन र त युद्धमा आफुलाई बलि चढाउनेहरुले अन्तिम स्वास सम्म पनि भनेका थिए कि दीर्घकालीन जनयुद्द जिन्दावाद ! नेकपा माओवादी जिन्दावाद ! अनि उनिहरु ढले जहाँ रगतका खोलीहरु बगेका थिए।कयन लालाबालाहरु दिनानुदिन टुहुरा भएका थिए,चेलीहरुको सिउदोको सिन्दुर पुछिएको थियो।हजारौं बाआमाहरुका बुढेसकालका सहाराहरु सरकार र विद्रोही माओवादी पक्षबाट मारिएका थिए।यसरी १० वर्षसम्म लाग्यो निरंकुश राजतन्त्र अन्त्य हुन र अन्ततः भारतीय विस्तारवादको लालदरवारमा गएर नेपालको सरकार पक्ष र विद्रोही माओवादी पक्षले दीर्घकालीन भनिएको जनयुद्दको गतिलाई १२ बुंदे सम्झौतापत्रमा हस्ताक्षर गरेर संसदीय भासमा बिलय गरायो र हालको लोकतान्त्रिक गणतन्त्र लिखितममा घोषणा भयो,संघीय राज्य रुपरेखामा निर्माण भयो जनताका आशाहरु व्यबहारत: अझै पनि प्रष्फुटन हुन पाएका छैनन र हाल नेपालको राजनितीक सत्ताको नाम बदलियो तर शासन शैलीले बदलिन पाएन ।
---क.जनताको सोच र सपना:
---
जनता जनार्दनले सोचेका थिए,अब गणतन्त्र आए पछि जनताका छोराछोरीहरु यो देशको सत्ताका प्रमुख बन्नेछन।छोराछोरीहरु सत्तामा गएपछी यिनिहरुले हाम्रो सेवक भए काम गर्नेछन,सबैलाई समान कानुन र समान सद्भाव देखाउनेछन,अनेकौं खाले असमानता र बिभेदहरु चिरिदिनेछन र हामीलाई पूर्ण स्वतन्त्र जनता र स्वराज्य पस्किनेछन।मुलुकको हितका निमित्त हाम्रा छोराछोरीहरुको राज्यसत्ताले देश सेवा गर्नेछन। तर आशाले निराशाको पुरस्कार पो दिइदियो।
----ख.घाइते र बेपत्ताको परिवार:
-----
काख रित्याएर न आउने बाटो गएको मेरो छोरोले इतिहासमा नाम दर्ज गर्नेछ।मेरो सिउदो पुछेर न आउने बाटो गएको मेरो श्रीमानको सपना साकार हुनेछ,महिला मुक्तिको निमित्त धावा बोल्ने मेरि छोरी मरेर पनि अमर हुनेछिन।हामिलाई टुहुरो पारेर इतिहासमा कहिल्यै नमर्ने नाम लेखाएका हाम्रा बुवा र आमाको नामले आम जनताको उत्पिडनलाई मुक्ती दिनेछ ।बेपत्ता भएर हाड्खोर नभेटिएको हाम्रो सन्तान बेपत्ता भए पनि उसको सपना र संकल्पले नेपाल आमालाई अभाव खट्किन दिने छैन,यस्तै आशा र भरोसा पालेका थिए,आफुलाई युद्धमा समर्पित गर्नेका परिवारहरुले।घाइतेहरुले सोचेका थिए,अबको गणतन्त्रमा हामिले राष्ट्रिय सम्मान पाउनेछौं,हाम्रो अङगभंग भएर के भो त? हामिले घायल मातृभुमिलाई तन्दुरुस्त बनाएकोमा गौरव गर्न पाउने भएका छौं।हाम्रो चहर्याइरहेको घाउमा हाम्रो सत्ता र सहयोद्दाले मल्हम पट्टि लगाइदिनेछन।महान जनयुद्दको हाम्रो बलिदानी,त्याग र तपस्यालाई हाम्रो नेतृत्वले उच्चतम सम्मान र सम्बोधन गर्नेछ र नेपालमा नौलो बिहानी आउनेछ।मरे सहिद ,बाचे सत्ताका मालिक हामी नै बन्नेछौं भनेर हिजो त्याग गर्नेहरुको भरोसा कै कारण महान जनयुद्दले २४० वर्षीय सत्तालाई धुलो चटाएको थियो।तर कालान्तरमा आएर यी अपेक्षाहरु बेखबर भए,राज्यले सम्बोधन गरेन।सहिद परिवार सहाराबिहिन भए,घाइतेहरु जीवन र मृत्युको दोसाधमा रहेर काल पर्खिरहेका छन,यस्तै आयो गणतन्त्र।
----- ग. युवाको सपना------
देशमा पुरानो सत्ताको पतन पश्चात् तिनै कहालिलाग्दा अवस्थाहरुका नतिजाले सामन्ती र पुजिवादी दलालहरुलाई देशैभरबाट जरै सहित उखेल्नेछन,गणतन्त्रका हिमायतीहरुले,सम
ृद्द राष्ट्रमा जुट्नेछन जनताका सिपाही,हामीले बेरोजगारी पीडा सहन गर्नुपर्दैन,हामीले हाम्रै देशमा उद्योगधन्दा,कलकारखाना खुलेको पाउनेछौं हामी हाम्रो युवा जनशक्तिको जोशिलो श्रम हाम्रै मुलुकमा खर्च गरेर हामी हाम्रै सार्वभौमताको मालिक बन्नेछौं।यस्तै अपेक्षाहरु पालेका थिए,लाखौं करोडौं युवाहरुले।तर यहाँ उल्टो भैदियो,लोकतान्त्रिक गणतन्त्रले युवालाई झन्झन् परनिर्भर मात्रै बनाएन झन्डै आधा करोड युवाशक्ती खाडी लगायत संसारका अधिक राष्ट्रमा पठाएर लिलाम गरिदियो ,लोकतान्त्रिक गणतन्त्रको लिखित संसदीय व्यवस्थाले र बिडम्बनाका जुरे पहिराहरु लड्न थाले।महान सपनाहरु बोकेका युवा शक्तिहरु दिनहु जसो आफ्ना सपनाहरु काठको बाक्सामा प्याक हुँदै लासको बाक्सामा हरियो पासपोर्ट सहित पशुपतिनाथको आर्यघाटमा जल्न आइपुगे र आउदैछन भने कति बिरानो मुलुकमा फासीको सजाय सुनेर मृत्युको पर्खाइ कुरेर कैद छन भने रेमिटेन्सभोगी सत्ता बेखबर विडम्बना भएको सन्दर्भ लेखेर लेखी साध्य भएन।युवाको सपना पोलिरह्यो।समृद्द राष्ट्र नेपाल एकादेशको पूजिवादी गणतन्त्रको इतिहास दर्ज गर्न पुग्यो।
घ---- कृषीप्रधान देश नेपालमा कृषि क्रान्तिको झुटो प्रचार:-----
विगतमा करोडौं जनता आफ्नै कुटो कोदालोले आत्मनिर्भर खेती गर्दै संसार सामु नझुकी आत्मनिर्भर थिए।खेतीपातीमा आम जनता आफ्नो परिवार पाल्दै थिए।तर तत्कालीन सत्ताले कृषी अभिमुखिकरण तालिम त दिएन नै ,जब जब किसानले बाली भित्र्याउन थाल्थे,देशीमलमा कालोबजारी लाग्थ्यो,महङ्गो मूल्य तिरेर किसानले मल बीउ बिजन खरिद गर्थे,कृषिमल नपाउदा कम्पोस्ट मल प्रयोग गरेर अर्ग्यानिक विकल्प प्रयोग गर्दै जीवन र जिविकोपार्जन गर्थे ।जब किसानले बाली भित्र्याउथे ,सामन्ती सत्ताले किसानको कमाइ सस्तो मुल्यमा खरिद गरेर किसानको पसिना पिउथ्यो।जनता गरिव र सामन्त र सम्भ्रान्त बर्ग उकास्सिदै जान्थ्यो भने गरिब किसान झनै गरिब बन्दै भए पनि परनिर्भर बन्नुपरेको थिएन।सम्पूर्ण उपभोग्य बस्तु स्वयम् उत्पादन गर्थे।सामुन्द्रीक तटबन्ध नभएको भुपेरिवेष्ठित देशका जनताले नुनको लागि मात्रै परनिर्भर बन्नुपरेको थियो।आफ्नो आत्मनिर्भरताको राजमार्ग आफै निर्माण गर्न सफल जनतालाई आजको युगले सुपरमार्केटमा मात्रै पुर्याइदिएन अब त चामल पनि चीन ,भारत र इन्डोनेसियाबाट बेसाउन पर्ने युगको चुनौती पो थपिदिदैछ।कृषीमा क्रान्तिको भाषण गरियो शासनको सुत्रपातको कुनै संकेत गरेन।
ङ-----------शिक्षा/स्वास्थ्य :------
आम जनताको एउटै अभिलाषा थियो कि अब निरङ्कुस राजन्तन्त्रको पतन पश्चात् जनताका छोराछोरीहरु प्रमुख रहेको सत्ता जनसत्ताले समान शिक्षाको उजागर गर्नेछ।कोहिले तहगत शिक्षाको विभेद सहन गर्नुपर्दैन।धनी र गरिबको छोराले पढ्ने स्कुल एकै किसिमको हुन्छ।बुर्जुवा शिक्षाको समुल अन्त्य भै बैज्ञानिक शिक्षाको प्रारम्भ गर्नेछ।सबैले नि:शुल्क शिक्षाको ज्योतिबाट बन्चित हुनुपर्दैन।सबै साक्षर हुन पाउनेछन।तर यहाँ त्यसो नभएर शैक्षिक माफियाहरुलाई काखी च्याप्दै कम्युनिष्ट क खबरदारी ख र गणतन्त्र ग कै खिल्ली उडाउने लम्पट सत्ता पो हावी भयो।जसलाई जनयुद्धको झुटो प्रचार भनेर खण्डन गर्न बाध्य र विवश पो बनाइदियो हाम्रो सत्ताले।
राज्यका भिभिआइपिहरुलाई अलिकती टाउको दुख्दा सिंगापुर,थाइल्यान्ड ,जापान र अमेरिकाको सुविधा उपलव्ध भयो भने जाजरकोट ,हुम्ला,जुम्ला,
कालिकोट,डोल्पा लगायतका बिकट जिल्लाका बिमारीहरुले सिटामोल सम्मको पहुच नपाउने अवस्था हावी भयो ।योद्दाहरु मात्रै नभै तमाम गरिबिको रेखा मुनि रहेका बिमारीहरु अस्पतालको नाम लिदा तर्सिने किसिमको भयावह अवस्था आज हाम्रो आँखा सामुन्ने छर्लङ्ग देखिएको छ।कयन बिमारीहरु आर्थिक अभावमा गरिबिको नामले मृत्युवरण गर्नु विवश परिस्थितिलाई जनताका छोराछोरीहरु सत्ताको मालिक भएको अवस्थाले सम्बोधन गर्न सकेन।
----च. अव्यवस्थित बजार र लुट्तन्त्र:--
त्यति ठूलो बलिदानीले प्राप्त उपलव्धीलाई समेत परवाह नगरी राज्यसत्ताले बजारको अनुगमनको औपचारिकता समेतको प्रारम्भ गर्न चाहेन।एकै किसिमको सामानको मूल्य पसल नै पिच्छे फरक हुदा समेत धावा बोल्न सकेन।बजारका सटर र स्टोरको एकै किसिमको भाडादरको सूची तय गर्न सकेन।मनपरी बजार र लुट्तन्त्रले ठगी बढिरहेको प्रती हाम्रो राज्य जनउत्तरदायी बन्नै सकेन।कालोबजारीलाई छाडा छोड्दै सोझासादा जनताको अमुल्य श्रमबाट सिर्जित कमाइलाई बार्गेनिङ्को बजारले लुटिरहेको प्रती सुशासनका हिमायतीहरुको ध्यानाकर्षण हुन सकेन ।यसरी सत्ता जनता देखि टाढा भयो भने,जनताका छोराछोरीहरु मातृभुमी देखि दुर हुनु बाध्य विडम्बनालाई हाम्रो सत्ताले मुल्यांकन र अन्तरकृया गर्न जानेन।
-----छ. सुरक्षा:------
हामी सबैले अनुमान गरेका थियौ कि अबको नवीन सत्ताले सुशासनमा नौलो आयाम थप्नेछ।अन्याय र अत्याचारका हर्कतहरुले कसैलाई दबाउन सक्दैन।हामी सबैलाई समान पद्धतिको ऐन र कानुन निर्माण बनाउनेछ।तर यहाँ त्यसो हुन सकेन।बरु भैदियो भिभिआइपी र कथित ठुला ठालुहरुको कर्तुतलाई दुई तिहाइ बिना कारबाही गर्न नमान्ने र साना अनि पहुँच बिहिनहरुलाई हत्कडिले कस्न दुई तिहाई चाहिएन।प्रहरी हिरासतमा निर्दोषलाई दोषी बनाउदै मुद्दा चलाएर गरिबको पसिनाको कमाइ धरौटीको रुपमा लुट्दै जो रक्षक उही भक्षक भएको प्रती गणतन्त्रात्मक सत्ताका ठेकेदारहरूले दिलचश्पि र ध्यानआकृष्ट गरेनन।न्यायलाई समेत दुरुपयोग गर्दै अन्याय र अत्याचार गर्ने बिचौलियाहरुलाई सलाम र सम्मान गर्न हाम्रो सत्ताले लाज मानेन।समानताको नाम मात्रै जपियो,असमानता र बिभेदको अन्त्य महान बलिदानीबाट प्राप्त उपलव्ध उपलव्धिले गर्न सकेन।यिनै हुन लोकतान्त्रिक गणतन्त्रमा शासनको नाम बदलियो तर शासकहरुको रुप बदलिएन।
कार्यशैली फेरिएन ।अनि हिजोका बलिदानीहरुको फाइदा प्रतिगमनले लुट्यो ,देशवासीहरुको सम्बोधन हुन सकेन।
- मेलम्ची नगरपालिका -१,भोटेचौर,सिन्धुपाल्चोक
हाल: जोरपाटी ,काठमाडौं