• उर्लाबारी । क्यान्सर रोगबाट थलिएकी उर्लाबारी ९ खोपिँडाडाकी पार्वता लिम्बूको उपचारका लागि अष्ट्रेलियाबाट टिका श्रेष्ठले नगद १० हजार सहयोग गर्नुभएको छ । टिकाले बिदेशबाट पठाएको रकम भाई राजन श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा गएर पार्वतीकी छोरी रेनुकालाई हस्तान्तरण गरेका छन् । आफ्नो साथीको आमा आर्थिक अभावले समस्यामा परेको समाचार सुनेपछि सानो सहयोग गरेको टिकाले बताउनुभयो । 
    यसअघि हङकङबाट याम सेम्बुले अगुवाई गरेर आफन्त साथीभाई शुभेच्छुकबाट नगद २ लाख र मकाउबाट गीता मगर शेर्पाले नगद ८० हजार ८ सय ८८ सहयोग गरीसक्नुभएको छ । आर्थिक अबस्थाकै कारण हस्पिटल लान नपाएको अहिले सहयोग जुट्न थालेपछि उपचार हुँदै गरेको छोरी रेनुकाले बताउनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…