• विराटनगर । खेल आयोजक रिजालको मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङलाई हराउन झापाले टाइब्रेकर पर्खनुप¥यो ।

    विराटनगरको सहिद रङगशालमा सोमबार भएको खेलमा मोरङलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरी झापा ११ विजयी भएको हो । जितको लागि झापा ११ का योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र माइकल मिचेलले गोल गरी टिमको जित शुनिश्चित गरे । मोरङको तर्फबाट दिपक राई, अशोक खवास, बुद्धिमान राईले गोल गरेका थिए भने मोरङका साइमान लिम्बूको प्रहार बाहिरिएको थियो ।

    निर्धारितसमय र थप गरिएको अक्तिरिक्त समयमा ३–३ गोलले बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भयो । जितसँगै झापाले चैत २१ गते हुने नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बलबीचको बिजेता टीमसँग सेमिफाइनल खेल खेल्नेछ ।

    आक्रमक रूपमा लयमा देखिएको मोरङ ११ खेलको २१ औं मिनटेमा कप्तान दिपक राईको गोलमार्फत अगाडि बढेको थियो । २० यार्डबाट प्रहार गरेकोे फ्रि किकलाई कप्तान राईले सोझै गोल गरी टिमलाई अग्रता दिलाए । झापाका पुजन उपरकोटीले मोरङका बुद्धिमान राईलाई फल्ट गरेपछि फ्रि–किक पाएको थियो ।

    पहिलो गोल गरेको सात मिनेट बित्न नपाउँदै मोरङ ११ लाई अर्को गोल निरज बस्नेतले २८ औं मिनेटमा डिबक्सबाट थपेका थिए । झापा ११ का विश्वास श्रेष्ठले दिएको क्रस पासलाई कर्ण लिम्बूले ३१ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गरी गोल गरेपछि गोलअन्तर २–१ मा झरेको थियो । पहिलो हाफमा २–१ गोल अन्तरले मोरङ ११ ले आग्रता कायम राखेको थियो ।

    दोस्रो हाफपछिको खेलको ५० आंै मिनेटमा झापाका खेलाडी मुस्ताक लावरले आत्मघाती गोल गर्दै मोरङको अग्रता फराकिलो पारे । तर, ५८ मिनेटमा झापाका मिचेलले गोल गरी टिमलाई ३–२ मा ल्याए । मोरङले अग्रता लिएपछि झापाले दोस्रो हाफमा आक्रामक खेलेको थियो । खेल सकिएर थपिएको मिनेटमध्ये २ मिनेट बाँकी रहँदा खेललाई झापाले बराबरीमा समेट्यो ।

    त्यो गोलसँगै मैदानमा रेफ्रीलाई अपशब्द बोलेका मोरङका निरज बस्नेतले रातो कार्ड पाएर बाहिरिए । अरिक्तिसमयसम्म मोरङ ११ दश टिममा खेल खेलेको थियो । खेलको म्यान अफ द म्याच झापा ११ अबुबका याकुप म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको मंगलबारको खेल सशस्त्र प्रहरी बल र संकटा क्बलबीच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…