• गोपाल काफ्ले

    पथरी । झापाको विर्तामोड युनाइटेड क्लब मोरङको लक्ष्मीमार्गमा सम्पन्न प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जीवी रवर मंगलबारेलाई ४–१ गोल अन्तरले निराश बनाउँदै विर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो । उसले एक लाख ११ हजार एक सय एक रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता मंगलबारेले ५१ हजारमै चित्त बुझायो । विर्तामोडको सनसनीपूर्ण जितमा विशाल राई (बी) ले दुई, सुमिन मैनाली र योगेश गुरुङले एक÷एक गोल गरे ।



    पहिलो हाफ सम्ममा एक गोलले पछि परेको विर्तामोडले दोस्रो हाफपछि चमत्कारपूर्ण तरिकाले गोलको वर्षा गरेको थियो । ३२ औं मिनेटमा नाइजेरियन खेलाडी मेसीको गोलमार्फत अग्रता लिएको मंगलबारेको जितका लागि त्यो पर्याप्त हुन सकेन । दीपक राईको कर्नर प्रहारमा उत्कृष्ट गोल गर्दै मेसीले टिमलाई अघि बढाएका थिए । दोस्रो हाफको तीन मिनेटमै विशाल राईले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । योगेश गुरुङको पासमा २० यार्ड टाढाबाट विशालले बललाई वान टच जाली चुमाउँदा विर्तामोड खेलमा फर्कियो । ६७ औं मिनेटमा सुमिन मैनालइले गोल थप्दा विर्तामोड २–१ ले अघि बढ्यो । बुद्ध चेम्जोङले कर्नबाट गरेको प्रहारलाई नियन्त्रणमा लिएर कर्ण लिम्बूले हेडमार्फत गोल गर्ने प्रयास गरेका थिए । कर्णले प्रहार गरेको बल रिवाण्ड हुँदै फर्किएपछि सुमिनले सदुपयोग गरेका हुन् ।



    ७६ औं मिनेटमा विर्तामोडका बुद्ध चेम्जोङको क्रस पासमा कप्तान योगेश गुरुङले सानदार रुपमा गोलमा परिणत गर्दा मंगलबारे थप दवावमा प¥यो । गुरुङले खेललाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको अतिरिक्त समयमा विशाल राईको प्रहार गोलमा परिणत हुँदा विर्तामोडको जित निश्चित बन्यो । नाइजेरियन र ए डिभिजनका खेलाडीको साथमा मैदानमा उत्रिएको मंगलबारेका लागि झापा ११ का खेलाडीले भरिपूर्ण विर्तामोडका सामु केही लागेन । सुरुवाती चरणमा मंगलबारेले विर्तामोडलाई निक्कै दवावमा राखेको थियो । पहिलो हाफ सम्म एकपक्षिय खेलेको मंगलबारेले गोल गर्ने सुन्दर अवसरहरुको सदुपयोग गर्न नसक्दा हार बेहोनु प¥यो । १७ औं मिनेटमा मंगलबारेका मेसीको प्रहार दायाँ बार हुँदै बाहिरिनु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।



    ३६ औं मिनेटमा मार्टिनको प्रहारमा विपक्षी गोलरक्षक बाधक बने । २८ औं मिनेटमा विजय धिमाल वान भर्सेस वानमा गोल गर्न चुक्नु मंगलबारेको हारको मुख्य कारण बन्यो । ३७ औं मिनेटमा मार्टिनको प्रहार क्रस बारमा लागेर फर्किएपछि मंगलबारेले दोस्रो गोल गर्न सकेन । आजको फाइलन खेलका म्यान अफ दी म्याच विर्तामोडका योगेश गुरुङ घोषित भए । गुरुङले म्यान अफ दी सिरिजको उपाधि पनि उम्कन दिएनन् । डाँगीहाट युथ क्लबको आयोजनामा भदौ २४ गतेबाट सुरु गोल्डकपको सार्वधिक गोलकर्ता आयोजककै शुनिल खड्का घोषित भए । प्रतियोगिता भर उनले ६ गोल गरेका थिए । बेष्ट डिफेन्स विर्तामोडका रवि थापामगर भए । बेष्ट मिल्ड फिल्डर विराट मेघाका अशोक खवास घोषित भए । उदियमान खेलाडी आयोजकका अनोज मगर र मंगलबारेका सूर्य अधिकारी उत्कृष्ट गोलरक्षक भए ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…