रातोकलम/ संस्कृतिविद् सत्यमोहन जोशीले सुरक्षा गार्ड पाउने भएका छन्। भाषा, संस्कृति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ललितपुर महानगरपालिकाले उनलाई एकजना नगर प्रहरी र चालक सहितको गाडी उपलब्ध गराउने भएको हो।
भाषा, संस्कृति र साहित्यको विकासमा जोशीले निरन्तर सेवा पुर्याउँदै आएकोमा महानगरले सम्मान स्वरुप सो सुबिधा प्रदान गर्न लागेको महानगरका प्रबक्ता राजु महर्जनले जानकारी दिएका छन्।
नेपाली भाषा-संस्कृतिबारे बृहत् खोज गरेर लोकप्रियता हासिल गरेका ९८ बर्षीय बयोबृद्ध संस्कृतिविद् जोशीले तीन पटक मदन पुरस्कार प्रप्त गरिसकेका छन्।