• भद्रपुर । भद्रपुर जेसीज मार्च महिनाको उत्कृट शाखाका रुपमा पुरस्कृत भएको छ । 
    चितवनको सौराहमा सम्पन्न नेपाल जेसीजको २२ औँ काउन्सिलर एकाडेमीको अवसरमा एरिया ए को उत्कृष्ट शाखाका रुपमा भद्रपुर जेसीजलाई अवार्ड प्रदान गरिएको हो । 
    शाखाले भवन निर्माणलाई तीब्रताका साथ अघि बढाएर जेसीजका हरेक गतिविधिहरु क्रियाशील गराएको भन्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले भद्रपुर शाखाका अध्यक्ष सोम ढुङ्गेललाई अवार्ड प्रदान गरेका थिए । एकाडेमीको समारोहमा नेपाल जेसीजका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारीले अवार्ड हस्तान्तरण गरेका थिए । 
    अवार्ड पाएपछि अध्यक्ष ढुङ्गेलले अझ हौषला प्राप्त भएको बताउँदै आउँदा दिनहरुमा थप कामहरु गर्दै जाने प्रतिक्रिया दिए । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…