• बुधबारे । झापाको बुद्धशान्ति १ होक्सेमा जारी प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा आयोजक होक्से युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
    बुधबारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा मंगलवार भएको क्वाटरफाइनल खेलमा मुनाल क्लब चन्द्रगढीलाई ५–२ गोल अन्तरले स्तब्ध बनाउँदै आयोजकले सेमीफाइनलको यात्रा तय गरेको हो । 
    जितका लागि आयोजकका महेश राईले खेलको पहिलो आफको ८ र २६ औं मिनेट, दोस्रो हाफको ९ र १३ औं मिनेटमा बविन बोहोरा र दोस्रो हाफको २० औं मिनेटमा विक्रम राईले गोल गरेका थिए । मुनालका रोहित सुब्बा र प्रविन राईले ३३ र दोस्रो आफको २९ औं मिनेटमा गोल गरेका थिए ।  प्रतियोगितामा २ गोल गर्ने होक्सेका महेश राई म्यान अफ द म्याच घोषित भए । बुधवारको पहिलो सेमीफाइनल खेल न्यू स्टार क्लब खोपवारी र सैनिक युथ क्लब सैनिकविच हुने आयोजक होक्से युवा क्लबका बालकुमार राईले जनाएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…