• बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीज र काठमाडौं जेसीजबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।

     दुई संस्थाबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्झौतामा वीरता जेसीजका अध्यक्ष एकराज गिरी र काठमाडौं जेसीजकी अध्यक्ष इनु थापाले हस्ताक्षर गरेका छन् । चितवनको सौराहामा भएको नेपाल जेसीजको २१औं काउन्सिलर एकाडेमीमा राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको रोहवरमा उक्त सम्झौता भएको हो ।

    जेसीजहरुबीच भगिनी सम्बन्ध स्थापित गरी समाज परिवर्तनका लागि अग्रसर हुन राष्ट्रिय अध्यक्ष बस्यालको सोच अनुसार वीरता जेसीजले पहिलोपटक भगिनी सम्बन्ध स्थापित गरेको हो ।

    वीरता जेसीज र काठमाडौं जेसीजबीच भगिनी सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गर्दैै वीरता जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विनोद बस्नेतले नेतृत्व विकास र सेवाको क्षेत्रमा जेसीजले धेरै कार्य गर्न सक्ने बताए ।

    भगिनी सम्बन्ध स्थापनापछि दुई संस्थाबीचको सम्बन्ध प्रगाढ बन्नुका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, सामाजिक कार्य र मानवीय सेवा क्षेत्रमा कार्यक्रम अघि बढाइने बताइएको छ ।

    सन् १९८१ मा वीरता जेसीजको स्थापना भएको हो भने काठमाडौं जेसीजको स्थापना सन् १९७० मा भएको हो । नेपाल जेसीजका चार क्षेत्रमध्ये वीरता जेसीज क्षेत्र ‘क’ र काठमाडौं जेसीज ‘ग’ मा पर्दछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…