• इटाभट्टा । मेचीनगर लेडी जेसीजले मेचीनगरका सामुदायिक विद्यालयमा रहेका क्रियाशील बाल क्लबहरुका विद्यार्थीलाई ५ दिने क्षमता अभिबृद्धि तालिम मंगलवारबाट सुरु गरेको छ । 
    काँकरभिट्टा र बाहुनडाँगी स्रोत केन्द्रको संयोजन तथा मेचीनगर वडा नम्बर १० को सहयोगमा सुरु भएको तालिममा नगरका १४ वटा विद्यालयका २८ जना विद्यार्थी सहभागि छन् । तालिमको उद्घाटन मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरुले गरेका थिए ।
    तालिम उद्घाटनका अवसरमा विशेष अतिथि मेचीनगर शिक्षा अधिकारी उद्धव विष्ट, काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल, आदर्श माविका प्रधानाध्यापक हेमकुमार खड्का, धुलाबारी जेसीजका अध्यक्ष नारायण खनाल, मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मालगायतले शुभकामना दिएका थिए ।
    ‘प्रगतीका लागि परिवारमा एकता’ भन्ने मूल नाराका साथ आयोजित तालिममा विद्यार्थीहरुलाई नेपाल जेसिजका पूर्व तालिम निर्देशक भुवन राउतले सहजिकरण गरिरहेका छन् ।
    आयोजक जेसीजकी अध्यक्ष सुनिता उप्रेती पनेरुको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा आस्था वाचन कार्यकारिणी उपाध्यक्ष सुशीला खतिवडा, स्वागत कार्यक्रम संयोजक सविता पोखरेल र सञ्चालन महासचिव तुलसा दङ्गालले गरेकी थिइन् । 

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…