देबु बानियाँ
कुनै बेला थियो मोझाको फुटबल खेल्ने । बिना खर्चमा आफ्नै शैलीमा यो फुटबल बनाइन्थ्यो । फाटेको मोझाभित्र पुराना कपडाहरु खाँदेर सिलाएपछि गज्जबको फुबटल बनिन्थ्यो । अनि त्यहि फुटबलबाट कपीको पाना च्यातेर दुई टिमको फाला बाजी प्रतियोगिता हुन्थे । म पनि सानैदेखि फुटबल भनेपछि मरिहत्ते गर्थै । आफुले जानेर होस या नजानेर स्कुल पढ्दा फुटबल खेल्न थुप्रै ठाउँ गए । ३ दिन अघि बुबाले किनिदिएको कपि बाजीमा हारेपछि अरुको कपिको पाना चोरेर भए पनि लेख्न छोडिएन त्यसबेला । त्यसबेला कापीको पाना च्यातेर खेलेको फुटबलले प्रगति गर्न सकेन । तर, त्यहि फालाबाजीको भिँडमा खेल्ने गरेका एक जना खेलाडी थिए । बिशाल राई । जो असाध्यै राम्रो फुटबल खेल्ने गर्र्थै । उनको रनिङ पनि राम्रो थियो । उनको खेललाई धेरैले नजिकबाट मन पराउँथे । त्यतिबेला पनि भनिने गरिन्थ्यो –‘तिमी त भविष्यमा राम्रो फुटबल खेलाडी हुन्छौँ । निरन्तर फुटबल खेल्नु ।’ मैले जान्दा उनले फुटबललाई धेरै पटक विपक्षीको गोलपोष्टमा गोल गरे । उनी मैदानमा मोजाको गोल लिएर पस्दै गर्दा विपक्षीले प्राय हारको स्वीकार गर्थै । किनकी उनको खेल कौषल त्यसबेला पनि उत्तिकै तेज थियो ।
आज उनै विशालका विगतलाई सम्झेर वर्तमान अनि भविष्यका विषयमा लेख्ने जमर्काे गरेको छु । उसबेला उनलाई म दाई भन्थे । तर, अहिले नजिकको साथी भएका छन् । बिशालको स्थायी घर साबिकाको बाहुनडाँगी गाविस हाल मेचीनगर २ दिपज्योति हो । उनी झापाली फुटबल क्षेत्रमा स्थापित फुटबल खेलाडी हुन् । उसबेला मोझाको गोल खेलेको विशालले अहिले व्यवसायिक रुपमा फुटबल खेलाडीका् रुपमा उभ्याएको देख्दा यो आलेखलाई पनि गर्वको अनुभूति हुन्छ । हुन त उनको परिवार नै फुटबल क्षेत्रमा थिए । काकाहरु पूर्व फुटबल खेलाडी हुन भने बुबा जगतबहादुर राई फुटबलका राम्रो पारखी हुन । उनीहरुको साथ र सहयोगले पनि उनलाई यस क्षेत्रमा अघि बढ्न हौषला प्राप्त भएको हो ।
भानु मावि भृकुटीमा अध्ययनका क्रममा ९ कक्षामा पुगेपछि पहिलो पटक फुटबल हान्ने मौका पाएका थिए उनले । त्यो क्षण अहिले पनि उनको स्मृतिमा ताजै छ । जुन क्षणले आज उनलाई उदयमान खलाडीका रुपमा स्थापित गरेको छ । ‘म सानैदेखिको फुटबलमा रुची राख्ने गरेको थिए’ कुराकानीकाो क्रममा विशालले भने–‘निरन्तर यसै क्षेत्रमा लागियो । बरु कुनै समय खाना सम्म बिर्सने गरिन्थ्यो तर, फुटबलको साथ कहिले पनि छोडिएन । त्यहि भएर पनि आज यो अवस्थासम्म आइएको छ ।’
वि.सं. २०४१ सालमा बुबा जगतबहादुर राई र आमा अमृता राईका छोराका रुपमा जन्मिएका विशालले विगतमा फुटबलका क्षेत्रमा थुप्रै संघर्ष गरेका छन् । भनिन्छ सफलता प्राप्त गर्नका लागि जस्तो सुकै बाधा आए पनि निरन्तर लाग्यो भने सफलता प्रापत हुन्छ । त्यसको एउटा ज्वलन्त उदाहरण हुन उनी । जसले खेलमा थुप्रै पटक खेला हारे होलान तर, संघर्षबाट कहिले पनि पछि परेनन् र हारेनन् ।
स्कुल पढ्दादेखि नै विभिन्न क्लबहरुबाट खेल खेल्ने गरेका उनले आफुलाई फुटबल केरीयर बनाउन सहयोग गर्ने फाइव स्टार युथ क्लबलाई भुल्न सक्दैनन् । उनले यसै क्लबको सहारामा आफ्नो फुटबल यात्रालाई निरन्तर दिने सौभाग्य प्राप्त गरे । जुन बेला बाहुनडाँगीमा गाविस स्तरीय र जिल्ला स्तरीय प्रतियोगिताहरु आयोजना हुने गरेका थिए । जुन प्रतियोगिताहरुमा उनले फाइब स्टार क्लबलाई थुप्रै उपाधिहरु भित्र्याउन योगदान गरेका छन् । यसैगरी दिपज्योति युवा क्लबमा पनि उनले फुटबलले थुप्रै शिल्डहरु ल्याउन साथ दिए । जहाँ उनको बसोबास थियो । नव ज्योति युवा क्लब बडाखालबाट पनि उनले धेरै पटक खेले खेलेका थिए ।
यिनै क्लबहरुको योगदानले उनले राष्ट्रिय स्तरका प्रतियोगितामा लैजान सफल भए । उनले विभागिय टिम नेपाल सशस्त्र प्रहरीमा २ वर्ष, जावला खेलमा २ वर्ष र मछिन्द्रा क्लबा १ वर्ष व्यवसायिक फुटबल खेले । यसैगरी ए डिविजन, वि डिविजन र सि डिविजनका क्लबहरुमा पनि आफ्नो फुटबल करियरलाइ अघि बढाए । निरन्तर राष्ट्रिय क्लबबाट फुटबल खेलिरहेका विशालमाथि झापा ११ को नजर प¥यो । त्यसपछि उनले २०७२ सालमा भएको एन्फा कपमा झापा ११ मा डेब्यु गरेका थिए । सोही साल उनले एन्फा कपको बेष्ट फरवार्डको उपाधि समेत पाएका थिए । हाल उनी झापा ११ को स्टाइकरका रुपमा भूमिका निर्वाह गरिरहेका छन् । स्टाइकरमा रहेर खेल्दै गर्दा उनको दर्बिलो सहाराका रुपमा कर्ण लिम्बूलाई लिइन्छ । हरेक खेलमा कर्ण र उनको कम्युनिकेशन मिलेको हुन्छ । झापा ११ का लागि यी दुई स्टार स्टाइकर भरपर्दा खेलाडीका रुपमा रहेका छन् ।
उनको जीवनमा गाईघाटमा भएको प्रतियोगितामा टाइब्रेकरमा गोल गर्न नसक्नु सबै भन्दा दुःखी भएको क्षण हो । काँकरभिट्टा फुटबल ट्रनिङबाट खेलेका उनले त्यहि गोलका कारण टिमले हार बेहोर्नु परेको थियो ।
यसो त उनका जीवनमा थुप्रै खुसीका क्षणहरु पनि छन् त्यस मध्ये जावलाखेल क्लबबाट खेलेको समयमा पोखरामा भएको आहा रारा गोल्डकप प्रतियोगितामा बेष्ट प्लेयर भएर मोटर साइकल पाएको क्षण सबै भन्दा खुसीको समय भएको बताए ।
उनको खेल देख्दै गर्दा आज मलाई पनि गर्वको अनुभूति हुन्छ । त्यसबेला मोजाको फुटबल खेल्ने विशाल आज व्यवसायिक रुपमा उदाएका छन् । जति जति उनको उमेर बढ्दै जान्छ त्यति त्यति उनको खेल कौषल निखारिएको पाइन्छ । बाहुनडाँगीको एउटा दुर्गम क्षेत्रमा जन्मिएर सिंगो बाहुनडाँगीलाई चिनाउन सफल सम्पति हुन विशाल ।