• काठमाडौं । नेपाल गोल्डेन आइडल सिजन ५ को फाइनलमा पुग्न सफल मोरङ मिक्लाजुङका मिलन देवानले भोटका लागी अपिल गरेका छन् । सुनसरीको इटहरीमा गत असोज २९ गते भएको मेगा अडिसनमा गायन तर्फबाट छ्नोट भएका मिलनले विभिन्न अडिसनहरु पार गर्दै फाइनल सम्मको यात्रा तय गरेका हुन् । गायन प्रतिको सानैदेखिको सपना पूरा गर्ने उदेश्यले सहभागिता जनाइरहेका उनले सबै दर्शक स्रोतालाई अत्याधिक भोट गरेर आफुलाई विजयी बनाउन अपिल गरेका छन् । उनी भन्छन्, यहाँसम्म त आफ्नो प्रतिभाले आउन सफल भए तर अब भने हजुरहरुको एक एक भोटले नै मेरो जितको यात्रा तय गर्नेछ, त्यसैले जतिसक्दो धेरै भोट गर्न सबैलाई अपिल गर्दछु । उनलाई भोट गर्न म्यासेज बक्समा गएर NGI_MD3 लेखेर 33001 मा पठाउनुपर्ने छ । उत्कृष्ट प्रस्तुतिहरुले जर्जहरुको मन जित्दै आएका मिलन आम स्रोताहरुको मनमा बस्न पनि सफल भएका छन् ।

    मेगाअडिसनमा गायक राज सिग्देलको उ जितेर गई, या हारेर गई बोलको गीत गाएका मिलनले त्यसछ यता राजेस पायल राईको दर्शन नमस्ते ३, रामभक्त जोजिजुको उडेर जून छुन्छु भन्थे, सोनु निगमको उकाली ओराली गर्दै गीत गाएर जर्ज र स्रोताको मनजित्न सफल भएका हुन् । उनी प्रदेश नम्बर १ बाट यस गायन प्रतियोगिताको एक्लो प्रतिनिधि हुन् । गायनमा बिशेष झुकाव राख्ने मिलन पहिलोपटक यस किसिमको गायन प्रतियोगितामा सहभागीता जनाएका हुन् । प्रायः प्रेमका गीतहरु गाउन रुचाउने उनले दमक सुरबी कला केन्द्रमा संगीत गुरु अनिल फागोसग संगीतको औपचारिक शिक्षा लिएका छन् । पछिल्लो पुस्ताका गायक सुगम पोख्रेल र पुराना गायक भक्तराज आचार्य मिलनको यस क्षेत्रको प्रेरणाका स्रोत हुन् । आगामी चैत २६ गते पोखराको सभागृह हलमा हुने फाइनल प्रतियोगितामा ६ जना प्रतिस्पर्धामा छन् । कार्यक्रम एनटिभी प्लसबाट प्रत्येक मंगलबार बेलुकी ९:३० बजे प्रशारण हुँदै आएको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…