• हेटौडामा जन्मिएर पूर्वको सुन्दर नगरी इटहरीलाई कर्मथलो बनाएकी रीता कट्टेल पूर्वका चर्चित भिडियो जक्कीमा रुपमा परिचित छिन् । चुलबुले स्वभाव भएपनि कट्टेल कम नै बोल्न रुचाउछिन् । आर्कषक शारीरिक बनावट मात्रै हैन त्यति नै सुन्दर मुहार भएकी कट्टेल झट्ट हेर्दा कुनै चलचित्रकी नायिका भन्दा कम लाग्दिनन् । बिराटनगरको मकालु टेलिभिजनमा कार्यक्रम चलाउने कट्टेल इटहरीको विश्व आदर्श कलेजमा वीवीएस दोस्रो वर्षमा अध्ययनरतछिन् ।



    कट्टेललाई म्युजिक भिडियो तथा चलचित्रमा अफर गर्ने निर्माता तथा निर्देशकको कमी छैन रे । यद्यपि, उनी आफ्नो पढाइलाई पुरा नगरी यस क्षेत्रमा हात नहाल्ने बताउछिन् । रबिना भन्छिन्‘ मेरो अहिले पहिलो प्राथमिकता भनेको नै अध्ययन हो । डायमण्ड शमशेरको ऐतिहासिक कृतिमा आधारित चलचित्र सेतो बाघमा समेत अभिनय गरिसकेकी कट्टेल पढाई सकेपछि आफु चलचित्र क्षेत्रमा आउने सम्भवना रहेको बताउछिन् । भन्छिन्‘चलचित्र र म्युजिक भिडीयाको लागि अबसरहरु थुप्रै आउछन ।



    पढाई र सयम नै नभएको कारण त्यसतर्फ ध्यान गएको छैन् ।
    सामाजिक क्षेत्रमा समेत उत्तिकै चासो राख्ने कट्टेल बेला बेला सामाजिक क्षेत्रका कार्यमा सरिक हुने गर्छिन् । अविवाहित कट्टेलले प्रेम प्रस्ताव पनि सिंगल नै रहेको बताईन् ।

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…