• रामेछाप– उपचारका लागि आएकी एक किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा अहेब पक्राउ परेका छन्। जिल्लाको गुन्सी स्वाथ्य चौकीमा कार्यरत अहेब राकेश दासलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रामजकुमार थापाले बताए। 

    घटना चैत १२ गतेको हो। एसईई परिक्षा दिन सुनापातीबाट गुन्सा आएकी किशोरी वान्ता हुने र पेट दुख्ने समस्या लिएर चेकअप गराउन स्वास्थ्य चौकी गएकी थिइन्। दासले उनलाई चेकजाँच गरेका थिए। खानपिन र पानीका कारण त्यस्तो भएको भन्दै उनले एउटा औषधी दिने बताए। 

    चेकअप कक्षमा औषधी सकिएको थियो। माथिल्लो तल्लामा रहेको स्टोरमा उनी औषधी लिन गए। किशोरी पनि अहेब दाससँगै स्टोरमा गइन्। त्यहाँ अहेब दासले आफ्ना संवेदनशील अंगहरु छोएको किशोरीको भनाई छ। 

    किशोरीले त्यसबारे तत्कालै कसैलाई भनिन्। पछि साथीहरुलाई भनेपछि साथीहरुकै सल्लाहमा प्रहरीमा उजुरी दिइन्। भोलीपल्ट प्रहरीले दासलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझायो। किशोरीको परिक्षा चलिरहेका परिक्षापछि छलफल गर्ने भन्दै दासलाई जिल्ला जनस्वास्थ्य कार्यालयको रोहवरमा छाडिएको थियो।

    परिक्षा सकिएपछि प्रहरीले किशोरी र अहेब दुवै जनालाई उपस्थित गराएको थियो। किशोरीले आफुमाथि यौन दुव्र्यवहार भएको भन्दै जाहेरी दिएपछि अहेब दासलाई जबरजस्तीकरणी उद्योग मुद्दामा कारबाही अघि बढाएको इन्सपेक्टर थापाले बताएका छन्। अहेब दासले भने आफुमाथि गलत आरोप लगाएको बताएका छन्।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …